चितवन/चितवनमा ‘ड्रिम स्पा एन्ड ब्युटी पार्लर’को औपचारिक उद्घाटन गरिएको छ। नेपाली चलचित्रका वरिष्ठ नायक धिरेन शाक्य ले नारायणगढ, सौराहाचोक र सौराहा गरी तीनवटा शाखाको एकैसाथ रिबन काटेर उद्घाटन गर्नुभएको हो।
श्याम शाह र प्रकाश थापाको संयुक्त लगानीमा स्थापना गरिएको उक्त पार्लरको सञ्चालन शारदा मल्लले गर्दै आउनु भएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, कलाकार, पत्रकार, तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। पार्लरले आधुनिक सौन्दर्य सेवा प्रदान गर्नुका साथै स्थानीयस्तरमा दर्जनौंलाई रोजगारी प्रदान गरेको छ।

Advertisement




