हुनेले ५० हजार दाेश्राे लाई २५ हजार तेस्रोलाई १५ हजार नगद तथा बजन समुहमा उत्कृष्ट छ जनाले प्रमाणपत्र,ट्रफी र मेडल प्राप्त गरेका थिए ।
महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठको अध्यक्षता तथा अन्तर्राष्ट्रिय पदक विजेता एवं प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य रजनी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महासंघकाे अगुवाइमा हुने यस्ड प्रतियोगिताले राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको बताए। नेपाली खेलाडीहरूले विदेशी भूमिमा देशको झण्डा उचाल्दै पदक भित्र्याउने क्रम निरन्तर चलिरहेको उल्लेख गरे।उनले शारीरिक सुगठन खेलको विकासमा नेपाल सरकारबाट उल्लेखनीय सहयोग प्राप्त हुन नसकि रहेको अवस्थामा महासंधले नेपाल सरकारबाट अभिभावकिय भुमिका मात्रै अपेक्षा गरेको बताए । उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथी रजनी श्रेष्ठले खेलाडीको जीवनमा लगनशीलता महत्त्वपूर्ण हुने बताए । उनले अब आफुले खेलाडीहरु काे आवाज सदन र सरकारसम्म पुर्याउने बताए।
विजेता खेलाडीहरूलाई प्रमुख अतिथि रजनी श्रेष्ठ, अध्यक्ष राजेशबाबु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्षहरू सितुप्रसाद श्रेष्ठ र राजन श्रेष्ठ, महासंधका पदाधिकारी सदस्यहरु, डिभाइन फिजिकल फिटनेस सेन्टर संचालिका सुनिता प्रधान, जिल्ला शारीरिक सुगठन संधहरु काठमाडौ, रुपन्देही र भक्तपुर का अध्यक्षहरु सुरेश सुवेदी राजकुमार श्रेष्ठ र ज्ञानेन्द्र मानन्धर लगायतका उपस्थिति रहेको थियो। कार्यक्रमलाई महासंघका सचिव दिनेश राजभण्डारीले सञ्चालन गरेका थिए।






