रत्ननगर/चितवन उद्योग संघ रत्ननगर समितिले इलाका प्रहरी कार्यालय रत्ननगरलाई आवश्यक फर्निचर हस्तान्तरण गरेको छ। संघका अध्यक्ष सुभाष चन्द्र गौतमको अध्यक्षतामा रहेको सो फर्निचर हस्तान्तरण कार्यक्रम इलाका प्रहरी कार्यालय टाँढीका डिएसपी सुवास भट्टलाई सामग्री हस्तान्तरण गरेका हुन्।
सोही क्रममा संघले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएको अध्यक्ष गौतमले बताए।
कार्यक्रममा बोल्दै डिएसपी भट्टले उद्योग संघले गरेको सहयोगले नागरिकलाई सेवा प्रदान गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गरे भने कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। संस्थाका सचिव शालिकराम बास्तोलाले सञ्चालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा संघका संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी, पूर्व अध्यक्षहरू गोविन्द प्रसाद खनाल र उमाकान्त पौडेल, उपाध्यक्ष प्रमेश्वर भण्डारी, नगर उपाध्यक्ष माधव थपलिया र दिपक चापागाईं लगायतको उपस्थिति रहेको कुरा कोषाध्यक्ष गीता सिमखडाले जानकारी दिनुभयो ।


Advertisement




