• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

“युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न


  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं/“संवाद र समाधान” अन्तर्गतको तेस्रो श्रृंखलामा “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा विशेष प्यानल छलफल सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अर्थशास्त्री, नीति विश्लेषक तथा युवा प्रतिनिधिहरूले नेपालको वर्तमान अवस्था, अवसर र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए।

    Advertisement

    कार्यक्रमका विशेष अतिथि पर्यटनविद अजय कुमार श्रेष्ठले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले अवसर खोज्न विदेशतिर मात्र हेर्ने होइन, आफ्नै देशभित्रका सम्भावनालाई चिन्ने संस्कार विकास गर्नुपर्छ। पर्यटन, कृषि, प्रविधि लगायतका क्षेत्रमा सही नीति र पर्याप्त लगानी भए युवा बाहिरिनुपर्ने बाध्यता धेरै हदसम्म घट्न सक्छ। वार्षिक ४–५ लाख युवाहरू विदेशिने तथ्यांकलाई नकारात्मक रूपमा मात्र हेर्नु आवश्यक छैन। दक्ष जनशक्ति उत्पादन गरी रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सके सकारात्मक परिणाम पनि प्राप्त गर्न सकिन्छ। समस्या जटिल छ, तर समाधान असम्भव भने होइन।”

    उक्त सत्रका अध्यक्ष डा. समीर खरेलले गरिबी र अभाव मात्र नभई देखासिकी र सामाजिक प्रभावका कारण पनि युवाहरू विदेशिने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। उहाँले ‘ब्रेन ड्रेन’ लाई केवल नकारात्मक दृष्टिले नहेर्न आग्रह गर्दै भन्नुभयो,
    “हामीले ‘ब्रेन ड्रेन’ लाई फरक दृष्टिकोणबाट हेर्नुपर्छ। नीति निर्माता, निजी क्षेत्र र युवाबीच निरन्तर संवाद र सहकार्य भयो भने ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्न सकिन्छ। विदेशमा रहेका युवाको सीप, अनुभव र नेटवर्कलाई देश विकासमा उपयोग गर्न सक्ने रणनीति आवश्यक छ।”

    अर्थशास्त्री तथा अतिथि वक्ता दुर्गा थापाले युवा पलायनका कारण देशमा सक्रिय जनशक्तिको अभाव हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले उचित तलबमान, सुरक्षित रोजगारी र लगानीमैत्री वातावरणको अभावका कारण युवा स्वदेशमै टिक्न नसकेको बताउनुभयो।
    “नेपाल फर्कन चाहने धेरै युवाहरू अवसरको अभावमा फर्कन सकिरहेका छैनन्। स्थानीय सरकारदेखि संघीय सरकारसम्म सबै तहले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन प्रोत्साहन गर्ने रणनीति बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

    आर्थिक संरचना र श्रम बजारबीच असन्तुलन रहेको औंल्याउदै उहाले भन्नुभयो “हाम्रो शिक्षा प्रणालीले उत्पादन गर्ने जनशक्ति र बजारको वास्तविक मागबीच ठूलो खाडल छ। उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन र साना तथा मझौला उद्यमलाई संरक्षण नगरेसम्म युवालाई स्वदेशमै रोक्न कठिन हुन्छ।”

    हाल वैदेशिक रोजगारीका क्रममा युएईमा रहनुभएका चक्र उप्रेतीले आफ्नो अनुभव साझा गर्दै विगत १७–१८ वर्षदेखि विदेशमा कार्यरत रहेको जानकारी दिनुभयो। स्वदेशमा व्यवसाय सञ्चालन गर्दा असफल भएपछि आफू वैदेशिक रोजगारी रोज्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो।
    “देशमा अवसर रहेमा युवाहरू घरपरिवारसँगै बसेर काम गर्न चाहन्छन्। यदि स्वदेशमै सम्मानजनक आम्दानी र स्थायित्वको वातावरण बन्यो भने धेरै युवाले विदेश जाने निर्णय पुनर्विचार गर्न सक्छन्,” उहाँले भन्नुभयो।

    कार्यक्रम संयोजक राजु भट्टराईले युवाको बढ्दो विदेश मोहबारे प्रश्न उठाउँदै राज्यको दीर्घकालीन सोचको अभावप्रति ध्यानाकर्षण गराउनुभयो। “आजको युवा केवल रोजगारीका लागि होइन, सम्मानजनक जीवन र भविष्यको सुनिश्चितताका लागि विदेश जान बाध्य छ। स्पष्ट योजना र स्थिर नीति बिना यो प्रवृत्ति रोकिने देखिँदैन,” उहाँले भन्नुभयो।

    कार्यक्रमका सञ्चालक सरोज ओझाले समापन टिप्पणी गर्दै संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
    “यदि हामीले ‘ब्रेन सर्कुलेशन’ को अवधारणा विकास गर्न सक्यौं भने विदेश गएका युवाको ज्ञान, सीप र अनुभव देश विकासमा उपयोग गर्न सकिन्छ। त्यसका लागि नीतिगत स्थिरता, अनुसन्धानमैत्री वातावरण र निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ,” उहाँले उल्लेख गर्नुभयो।

    छलफलमा सहभागीहरूले वैदेशिक पलायनलाई केवल भावनात्मक विषयका रूपमा होइन, संरचनागत आर्थिक, सामाजिक र नीतिगत मुद्दाका रूपमा विश्लेषण गर्नुपर्ने निष्कर्ष निकाले। कार्यक्रममा उपस्थित युवाहरूले यस्ता संवादले समाधानमुखी सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

    कार्यक्रमले युवाको भविष्य, देशको आर्थिक दिशा र नीतिगत सुधारबीचको सम्बन्धबारे गहन बहस सिर्जना गरेको आयोजकले जनाएको छ।

    शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.