• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पुष्पाञ्जली अस्पतालमा सुपरस्पेशालिटी सेवा शुरु

  •   आइतबार, माघ १८, २०८२ मा प्रकाशित
  • चितवन/चितवनको भरतपुरमा रहेको पुष्पाञ्जली अस्पतालले सुपरस्पेशालिटी सेवा शुरु गरेको छ । अस्पतालले शनिबार विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरुलाई अस्पतालमा स्वागत गर्दै सुपरस्पेशालिटी सेवा शुरु गरेको हो । अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल सञ्चालक डा.भोजराज अधिकारीले चिकित्सकहरुलाई स्वागत गर्नुभएको छ । जनरल एण्ड युरो सर्जन डा. रोबल लाकौल र डा. अमितकुमार झा, न्यूरो फिजिसियन डा. प्रदिप पन्थी, ग्यास्ट्रो फिजिसियन डा. कमल लामिछाने, जनरल तथा ल्याप्रकोस्कपी सर्जन डा. विश्वास गुरुङ र हेमाटोलोजिष्ट डा. शंकर बास्ताकोटीलाई स्वागत गरिएको हो ।

    Advertisement

    न्युरो मेडिसिन (स्नायु रोग सेवा) अन्तर्गत डा. प्रदिप पन्थीले अस्पतालमा न्युरो सम्बन्धी सेवा प्रदान गर्नुहुनेछ । उहाँले मुख्यगरी पक्षघात (स्ट्रोक), टाउको दुखाइ, छारे रोग, बिर्सिने समस्या (अल्जाइमर र पार्किन्सन) का साथै नशा च्यापिने र ढाड दुखाइ जस्ता समस्याहरूको उपचार गर्नुहुनेछ । अस्पतालले अब यस क्षेत्रमा पूर्ण न्युरो सेन्टरको रूपमा सेवा दिने लक्ष्य राखेको छ ।

    यसैगरी ग्यास्ट्रो इन्टेरोलोजी (पेट तथा कलेजो रोग) सम्बन्धी समस्या डा. कमल लामिछानेले हेर्नुहुनेछ । पेट, आन्द्रा, कलेजो र प्यान्क्रियाज सम्बन्धी समस्याहरूको विशेषज्ञ उपचारका लागि डा. लामिछाने अस्पतालमा जोडिनुभएको हो । उहाँको उपस्थितिसँगै अस्पतालमा इन्डोस्कोपी, कोलोनोस्कोपी र पेट सम्बन्धी जटिल रोगहरूको उपचार स्थानीय स्तरमै सहज उपलब्ध हुने भएको छ ।

    यसैगरी युरोलोजी (मृगौला तथा मुत्र रोग) सम्बन्धी सेवा जनरल एण्ड युरो सर्जन डा. रोबल लाकौल र डा. अमितकुमार झाको टिमले मृगौला, पिसाब थैली र मुत्र नली सम्बन्धी पत्थरी तथा क्यान्सरको उपचार सेवा दिनुहुनेछ । अस्पतालले मिनिमल इन्टरभेन्सन सर्जरी (कम चिरफार गर्ने प्रविधि) मार्फत पत्थरी र क्यान्सरको शल्यक्रिया सेवालाई प्रभावकारी बनाउने जनाएको छ ।

    यस्तै जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा डा. विश्वास गुरुङको नेतृत्वमा हुनेछ । दुर्बिन प्रविधि मार्फत पित्तथैली, एपेन्डिसाइटिस र पेटका विभिन्न क्यान्सरहरूको शल्यक्रिया सेवा उहाँले प्रदान गर्नुहुनेछ । यसैगरी, डा. आशिषको टिमले मुखबाट पाइप हालेर पित्तको नलीको पत्थरी निकाल्ने ईआरसिपी प्रविधि मार्फत सेवा दिईरहनु भएको छ ।

    अस्पतालमा रगत सम्बन्धी रोगको सेवा पनि शुरु भएको छ । चितवनमा रगत सम्बन्धी विशेषज्ञको अभावलाई मध्यनजर गर्दै अंको हेमाटोलोजिष्ट डा. शंकर बास्ताकोटी अस्पतालमा आबद्ध हुनुभएको हो । यसले गर्दा रगतको क्यान्सर र अन्य जटिल समस्या भएका बिरामीहरूले अब रिपोर्ट र उपचारका लागि काठमाडौँ गइरहनु नपर्ने अस्पतालको भनाई छ । सो अवसरमा बरिष्ठ फिजिसियन समेत रहनु भएका डा. अधिकारीले अस्पताललाई ‘सेन्टर अफ एक्सीलेन्स’ बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पुष्पाञ्जली अस्पतालको मुख्य उद्देश्य चितवनमै काठमाडौँ सरहको सुपर स्पेसलिटी सेवा उपलब्ध गराई उपचारलाई जनमुखी र सुलभ बनाउनु हो ।” भरतपुरको बालमन्दिर रोडमा रहेको अस्पतालले आफ्ना सेवा सेवा विस्तार गर्दै लगेको छ । विगत १७ वर्षदेखि निरन्तर सेवा दिँदै आएको यो अस्पताल अहिले एक सय बेडको प्रस्तावित अस्पतालका रूपमा सञ्चालित छ ।

    आइतबार, माघ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.