• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

“पोल्ट्री क्षेत्रको विकासका लागि सरकारी तथा निजि क्षेत्रको भूमिका” विषयक कार्यक्रम सम्पन्न


  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित
  • नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा “पोल्ट्री क्षेत्रको विकासका लागि सरकारी तथा निजि क्षेत्रको भूमिका” विषयक कार्यक्रम यहि २०८२ माघ १४ गते भरतपुरमा सम्पन्न भएको छ । नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक ज्ञानवहादुर बिसुरालको सभापतित्व र केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बिशिष्ठ अतिथिहरुमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. बिजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट रहनु भएको थियो । अतिथिहरुमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष महेश्वर पोखरेल, चितवन नवलपुर दाना बितरक संघका अध्यक्ष बिरवहादुर गुरुङ्ग, पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका नरेश बोहारा, नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका कोषाध्यक्ष परशुराम अधिकारी, सदस्यहरु कपिलबावु खनाल र हरिकृष्ण खनाल रहनु भएको थियो । उक्त कार्यक्रममा सभाका सभापती  ज्ञानवहादुर बिसुरालले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । गोष्ठीको रुपमा भएको कार्यक्रममा निजी क्षेत्रको तर्फवाट नेपाल कुखुरा व्यवसायी मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराई र सरकारी तर्फवाट पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रहरुमा पोल्ट्री व्यवसायको बर्तमान अवस्था, समस्या र चुनौतीहरु, पोल्ट्री क्षेत्रको विकासका लागि सरकारी निजी क्षेत्रले गर्नु पर्ने भूमिका बारेमा बिस्तृत रुपमा समेटिएको थियो । विज्ञ चिकित्सकहरुवाट प्रस्तुत कार्यपत्रहरु गम्भीर रुपमा छलफल गरि निम्न निष्कर्शमा पुगिएको छ ।

    Advertisement


    कार्यक्रमको निष्कर्ष ः

     सरकारी निजी क्षेत्र बिच समग्र पोल्ट्री क्षेत्रको विकासका लागि निरन्तर रुपमा सम्बाद र सहकार्य गर्ने ।
     पोल्ट्री व्यवसाय क्षेत्रको तथ्यांक अद्यावधिक गर्न सरकारी निजी क्षेत्रले आवश्यक पहल गर्ने ।
     पशु सेवा कार्यालयमा प्यारेण्ट आयातको सिफारीश लिन जादा नेपाल ह्याचरी उद्योग संघको सिफारीश अनिवार्य रुपमा लिएर जाने व्यवस्था गर्ने ।
     पोल्ट्री व्यवसाय अत्यन्त सम्वेदनशील प्रकृतिको व्यवसाय भएको कारण पशुपंक्षी स्वास्थ सम्बन्धमा कुनै समस्या देखा परेमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला, पशु सेवा कार्यालय, भेटेरीनरी शिक्षण अस्पताल रामपुर, कृषि तथा वन विज्ञान विश्व विद्यालयमा सम्पर्क राख्ने रोग नलुकाउने ।
     पोल्ट्रीजन्य वस्तुहरुको नियमित रुपमा सरकारी र निजी क्षेत्रको कार्यदल गठन गरि मूल्य निर्धारण गर्ने ।
     आमजनमानसमा नकारात्मक असर पर्ने फेक न्यूजहरुको सरकारी निकायवाट खण्डन गर्ने ।

     पोल्ट्री व्यवसाय अत्यन्त सम्वेदनशील प्रकृतिको व्यवसाय भएको कारण रोगको स्ट्रेन अनुसारको भ्याक्सीनको व्यवस्था गर्न सम्बन्धीत सरकारी निकायले आवश्यक निर्णय गर्ने ।

    कार्यक्रमा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले समग्र पोल्ट्री व्यवसायको बर्तमान अवस्था संघ संस्थाहरुले गरेको पहलका बारेमा मन्तव्य राख्नु भएको थियो भने राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले नेपाल सरकारले तर्जुमा गरेका योजनाहरु, कार्य सम्पादनहरु, प्रयोगशालाले पुरयाउदै आएको सेवाका बारेमा प्रकाश पार्दै निजी क्षेत्र सग हातेमालो गर्दै अगाडी बढने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले ह्याचरी उद्योग व्यवसायको अवस्था, समस्याहरु र सरकारी क्षेत्र सग गर्ने सहकार्यका बारेमा धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी सचिव शिवप्रसाद बरालले गर्नु भएको थियो । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका पदाधिकारी एंव सदस्यहरु, नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका सदस्यहरु कृष्णहरी लोहनी,  रामकुमार चौहान, डा. विष्णुहरी शर्मा,  हरिकृष्ण खनाल,  शिव पौडेल,  सुदर्शन जोशी,  तुलसीप्रसाद सुवेदी,  प्रकाश पौडेल,  राजकुमार श्रेष्ठ पशु सेवा कार्यालय चितवनका डा. दिपचन्द्र घिमिरे,  हेमन्त वली लगायतको सहभागिता रहेको थियो ।

    बुधबार, माघ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.