• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

माडी–९ हनुमानझुलाका जनताका समस्या र सुझाव संकलन

  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित
  • माडी/चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले माडी नगरपालिका–९ स्थित विकट हनुमानझुला क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय जनताका समस्या, गुनासा र सुझाव संकलन गरेकी छन्। अभियानका क्रममा दाहाल स्थानीयवासीको घर–घरमा पुगेर प्रत्यक्ष संवादमा सहभागी भइन्। स्थानीयवासीहरूले सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य तथा भूमि व्यवस्थापनका समस्या वर्षौंदेखि समाधान हुन नसकेको गुनासो गरेका छन्। हनुमानझुला क्षेत्र निकुञ्जसँग जोडिएकाले विकास निर्माणका काम बारम्बार रोकिँदै आएको, विद्युत् विस्तारका लागि पोल गाडिए पनि निकुञ्ज ऐनका कारण लाइन विस्तार हुन नसकेको स्थानीयको भनाइ छ। त्यस्तै, भूमिहीन तथा सुकुम्बासी परिवारले निस्सा पाए पनि लालपूर्जा नपाउँदा बैंकिङ सेवा, अनुदान र सरकारी सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। वर्षायाममा कच्ची सडक हिलाम्मे हुँदा आवत–जावत कठिन हुने, बिरामी पर्दा अस्पताल लैजान समस्या हुने र एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन्। घरदैलोका क्रममा उम्मेदवार दाहालले विगतमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका प्रतिबद्धताअनुसार भूमिहीनलाई निस्सा वितरण र जग्गा नापजाँचको काम अघि बढाइएको उल्लेख गर्दै बाँकी प्रक्रिया आफूले पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले लालपूर्जा वितरणलाई प्राथमिकतामा राखेर पहल गर्ने बताइन्। उनले यसअघि चितवन क्षेत्र नं. ३ का उम्मेदवार डा. भोजराज अधिकारीले जनतासँग अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता जनाएको तथा तत्कालीन मेयर एवं हालका प्रदेश सांसदले स्थानीय मागहरू सम्बोधन गर्दै आएको उल्लेख गर्दै अधुरा कामहरू अब आफूले जिम्मेवारीसाथ सम्पन्न गर्ने बताइन्। दाहालले “आफूले बोलेअनुसार काम गर्ने” स्पष्ट प्रतिबद्धता जनाउँदै विद्युत् विस्तार, सडक स्तरोन्नति, खानेपानी सुविधा र आधारभूत स्वास्थ्य सेवामा सुधार गर्ने बताइन्। निकुञ्ज ऐनका कारण रोकिएका विकासका कामहरूका लागि सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्ने उनको भनाइ छ। स्थानीयवासीहरूले दीर्घकालीन समस्या समाधान हुने अपेक्षासहित उम्मेदवार दाहालप्रति विश्वास व्यक्त गर्दै यसपटक विकासले गति लिने आशा गरेको बताएका छन्।

    Advertisement

    बुधबार, माघ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.