• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

महिला चेम्बरको आयोजनामा अनलाईन व्यापार तालिम सम्पन्न


  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
  • काठमाडौं, २५ आश्विन/नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका नेपाल महिला चेम्बरका शाखा संजाल सम्बद्ध करिब ४० महिला उद्यमीहरुको सहभागीता माझ सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अनलाईन व्यापारको प्राविधक र व्यवहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिने क्रममा लोहनीले अनलाईन व्यापार गर्दा सामानको सहि सुचना आवश्यक रहने, सामाग्री गुणस्तरयुक्त र भरपर्दो मुल्यको हुनुपर्ने, अफर बनाउदा केही नयाँपन दिने, शिप र उत्पादन विकासमा ध्यान दिने, उपयुक्त फोटोको प्रयोग गर्ने जस्ता कार्यहरु गर्नुपर्ने जनाएका थिए ।
    लोहनीले मोबाईल एप र वेब साईट मार्फत भरपर्दो रुपमा अनलाईन व्यापार गर्न सकिने बताउदै सोचेको डटकमले महिला चेम्बर सम्बद्ध महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बिक्रीका लागि डेडिकेटेड स्टाफमार्फत न्युन कमिशन वेशमा नै प्रबन्धनको व्यवस्था गर्ने, बिक्रीको भुक्तानी बैंक खाता मार्फत हुनेहुँदा बिक्रेतालाई सहज हुने जानकारी दिएका थिए । सहभागीहरुले अनलाईन व्यापार र सोचेको डटकमको सेवा प्रवाह माथि केन्द्रित रहेर राखेको प्रश्नको जवाफ दिने क्रममा लोहनीले अनलाईन प्लेटफर्म र सोचेको डटकमको साईटको प्रभावकारिता, डेलिभरीमा लाग्ने शुल्क र समय, सामाग्रीको डेमो र साईट व्यवस्थापनका विविध पक्ष बारे संक्षेपमा प्रकाश पारेका थिए ।
    कार्यक्रम माझ नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ का कारण महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्यालाई हल गर्ने उदेश्यका साथ २१ आश्विनमा महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी सम्झौता भएको र सो सम्झौताको प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सहजतापुर्वक बजारिकरण गर्ने उदेश्यलाई साकार पार्न तालिमको आयोजना गरिएको बताईन् । साथै, उनले औपचारिक रुपमा सोचेको डट कम मार्फत थालनी गर्न लागिएको अनलाईन व्यापारले हाल देखिएको समस्यालाई हल गर्न ठुलो टेवा पुग्ने आशा समेत व्यक्त गरिन । कार्यक्रम माझ महिला चेम्बरकी पुर्व अध्यक्ष समेत रहेकी इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले इजरायली बजारमा नेपालको मह, चिया, हस्तकलाजन्य सामाग्रीहरुलाई अधिक रुचाईएको बताउदै जुनसुकै सामाग्रीहरुको पहुँच विस्तार गर्न समय, गुणस्तर र मुल्यलाई ध्यान दिनुपर्ने बताईन् ।
    यस अघि संस्थाकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्ने क्रममा महिला उद्यमशिलतालाई प्रबर्द्धन गर्न अनलाईन व्यापारको माध्यम प्रभावकारी हुने निचोडका साथ अनलाईन व्यापार सेवा प्रदायक सोचेको डटकमसँग सम्झौता भएको र उक्त प्लेटफर्मको प्रयोग गर्न आवश्यक सिप विकास सम्बन्धी तालिमको आयोजना गरिएको स्पस्ट पारेकी थिईन् । कार्यक्रम माझ संचालकको भूमिका निर्वाह गर्ने क्रममा संस्थाकी सदस्य एवम कार्यक्रम संयोजक जानकी प्रधान श्रेष्ठले महिला चेम्बरमा आवद्ध उद्यमीहरुमा अनलाईन व्यापार सम्बन्धी ज्ञान प्रवर्द्धनमा तालिम कोशेढुङा बन्ने आशय व्यक्त गरेकी थिईन । त्यसै गरि महिला चेम्बरकी कोसाध्यक्ष चारु सिकरियाले कार्यक्रममा सहभागीताका सबैलाई धन्यवाद व्यक्त गर्दै तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा लागु गर्दै जानुपर्ने धारणा राखेकी थिईन । कार्यक्रममा साल्ट ट्रेडिङका संचालक समिती सदस्य प्रदिपलाल श्रेष्ठ, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जङ शाह, महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।

    Advertisement

    आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.