इच्छाकामना/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चद्वारा श्री जनता आधारभुत बिद्यालय, इच्छाकामना–१ राङचुराङका विद्यार्थीका लागि न्यानो कपडा, स्वास्थ्य सामग्री एवम् शैक्षिक सामग्री वितरण गरियो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीको नेतृत्वमा इच्छाकामना पुगेको टोलीले न्यानो ट्रयाक सुट १४० थान, पोषणयुक्त सातु, शैक्षिक सामग्री, फस्र्ट एड बक्स, हाइजिन किट लगायतका सामाग्री हस्तान्तरण गरेको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।
Advertisement





