• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

माघ २५ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने


  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • भरतपुर/दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवर्द्धन, किसानलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग र उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ। चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा गत वर्षदेखि सुरु भएको डेरी एक्स्पो यसपटक अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हो। “डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ एक्स्पो २०८२ माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।
    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नेपालको दुग्ध क्षेत्र आर्थिक, सामाजिक तथा पोषणीय दृष्टिले महत्वपूर्ण भए पनि विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा डेरी एक्स्पोले साझा मञ्च प्रदान गर्ने बताउनुभयो। उहाँका अनुसार एक्स्पोले नयाँ प्रविधि र नवप्रवर्तनको प्रदर्शनी, बजार विस्तार, ब्रान्ड प्रवर्द्धन, व्यवसायिक नेटवर्किङ, लगानी आकर्षण, गुणस्तर सुधार, महिला तथा युवा सहभागिता वृद्धि, साथै दुग्धजन्य उत्पादनको व्यापार र निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।

    Advertisement


    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले पहिलो संस्करणको राष्ट्रिय डेरी एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा योगदान पुर्‍याएको र चितवनमा दैनिक १० हजार लिटरभन्दा बढी दूध खपत हुन थालेको जानकारी दिनुभयो। यसै कारण एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको उहाँले बताउनुभयो।
    एक्स्पोमा डेरी प्रोसेसिङ तथा पशु आहारसम्बन्धी मेसिनरी र उपकरण, डेरीजन्य उत्पादन, सफ्टवेयर, प्याकेजिङ उद्योग, पशुपालन सामग्री, भेटेरिनरी सेवा, बैंक तथा बीमा, स्टार्टअप प्याभिलियनसहित एक सयभन्दा बढी स्टल रहनेछन्।
    प्रदर्शनी अवधिमा कार्यशाला, तालिम, बी–टु–बी बैठक, सफल किसान तथा उद्यमीका अनुभव आदानप्रदान, प्रत्यक्ष प्रदर्शन, फुड स्टल, नयाँ डेरी उत्पादन लन्च, युवा लक्षित वक्तृत्वकला प्रतियोगिता, विज्ञ प्यानल छलफल तथा पुरस्कार वितरण कार्यक्रमसमेत आयोजना गरिनेछ। सातै प्रदेशबाट एक–एक जना उत्कृष्ट दुग्ध उत्पादक किसान/उद्यमीलाई सम्मान गरिने साथै उत्कृष्ट गाई प्रदर्शकलाई पुरस्कार प्रदान गर्ने योजना छ।

    डेरी उत्पादन, प्रशोधन र वितरण प्रणालीका नवीनतम प्रविधिको प्रवर्द्धन, किसान–उद्योगी–व्यापारीबीच व्यवसायिक सञ्जाल विस्तार, उपभोक्तालाई डेरी उत्पादनको गुणस्तर र महत्वबारे जानकारी, नयाँ उत्पादनको लन्च तथा ब्रान्डिङ, साना किसानलाई तालिम र मार्गदर्शन, सहकारीलाई औद्योगिक उत्पादनतर्फ प्रेरित गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    करीब ५० हजार अवलोकनकर्ता सहभागिता रहने अपेक्षा गरिएको एक्स्पोमा उद्योगी, किसान, नीति निर्माता, लगानीकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी, बैंक तथा बीमा कम्पनीका प्रतिनिधि लगायत सरोकारवाला पक्षहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।
    अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ सफल बनाउन संघ, प्रदेश तथा स्थानीय सरकार, दुग्ध विकाससम्बन्धी संघ–संस्था, शैक्षिक संस्था, निजी क्षेत्र तथा सहकारीहरूसँग समन्वय भइरहेको आयोजकको दाबी छ।

    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.