• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाका नेता विशाल कोइरालाको चर्चा


  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • चितवन/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी चुलिएको छ। परिवर्तनको अपेक्षामा रहेका आम मतदाताको ध्यान पुनः एकपटक चितवनतर्फ केन्द्रित भएको छ। गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई पराजित गर्दै जनताको नयाँ विश्वास जितेपछि यसपटक चितवन क्षेत्र नम्बर ३ पनि परिवर्तनको अर्को ऐतिहासिक केन्द्र बन्ने सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिएको छ।

    Advertisement

    चितवन–३ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता परम्परागत दलका उम्मेदवारहरू मैदानमा उत्रिँदै गर्दा चुनावी प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ। माओवादी केन्द्रबाट रेनु दाहाल र राप्रपाबाट विक्रम पाण्डेले उम्मेदवारी घोषणा गरेसँगै क्षेत्र नम्बर ३ को राजनीतिक तापक्रम ह्वात्तै बढेको छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा, शिक्षित र संगठनात्मक रूपमा खारिएका नेता विशाल कोइरालाको उम्मेदवारी सम्भावनाले आम मतदाता र पार्टी कार्यकर्तामाझ विशेष उत्साह र चासो सिर्जना गरेको छ।

    रास्वपाबाट क्षेत्र नम्बर ३ मा उम्मेदवारीका लागि पाँच जनाले आकाङ्क्षा प्रस्तुत गरेका छन्। सचिवालय सदस्य शोभिता गौतमको नाम पनि चर्चामा रहे पनि पार्टीभित्र र बाहिर जिल्ला सचिव विशाल कोइरालालाई व्यवहारिक, भरोसायोग्य र जित्ने सम्भावना बोकेको उम्मेदवारका रूपमा हेरिएको छ। कोइरालाले आफूले पनि औपचारिक रूपमा उम्मेदवारीका लागि आवेदन दिएको पुष्टि गर्दै पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र मापदण्डअनुसार निर्णय हुने स्पष्ट पारेका छन्। शोभिता गौतमप्रति सम्मान प्रकट गर्दै उनले पार्टी हितलाई पहिलो प्राथमिकतामा राखेको धारणा सार्वजनिक गरेका छन्, जसले उनको राजनीतिक संस्कार र अनुशासन झल्काउँछ।“शोभिता गौतमज्यू मेरो पहिलो प्राथमिकतामा हुनुहुन्छ। उहाँले उम्मेदवारी दिनु भएन भने पार्टीका लागि जिम्मेवारी लिन म पूर्ण रूपमा तयार छु,” उनी भन्छन्।

    पढाइ, राजनीति र उद्यमशीलताको संगम

    उमेरले भर्खर ३१ वर्ष टेकेका विशाल कोइराला चितवनका लागि नयाँ नाम होइनन्। भरतपुर महानगरपालिका वडा नम्बर १४, शिवनगरका स्थायी बासिन्दा उनी शिक्षक बाबुको संस्कारमा हुर्किएका मध्यमवर्गीय परिवारका सन्तान हुन्। सानैदेखि मेधावी, अनुशासित र नेतृत्व क्षमतायुक्त विद्यार्थीका रूपमा चिनिएका कोइरालाको प्रारम्भिक शिक्षा भरतपुरकै सनराइज स्कुलबाट भएको हो। २०६६ सालमा एसएलसी परीक्षा उत्कृष्ट श्रेणीमा उत्तीर्ण गरेपछि उनले उच्च शिक्षा पनि चितवनमै निरन्तरता दिएका छन्। प्रेसिडेन्सी कलेज, भरतपुरबाट व्यवस्थापन विषयमा स्नातकोत्तर र वीरेंद्र क्याम्पसबाट समाजशास्त्रमा अर्को स्नातकोत्तर डिग्री हासिल गरेका उनी शैक्षिक, बौद्धिक र विश्लेषणात्मक क्षमता दुवै दृष्टिले सक्षम युवा नेताका रूपमा स्थापित छन्। “मास्टर पढ्दादेखि नै विभिन्न व्यवसायमा संलग्न छु। बिहानको समय अध्यापन पनि गर्छु,”भन्दै उनी आफ्नो जीवनशैली सुनाउँछन्।

    राजनीतिमा प्रवेश गर्नु अघि नै विशाल कोइराला उद्यमशीलताको यात्रामा सक्रिय थिए। मास्टर अध्ययनकै क्रममा विभिन्न व्यवसायमा संलग्न भएका उनी हाल पनि बिहानको समय अध्यापनमा बिताउँछन्। व्यक्तिगत जीवनमा सफल र सन्तुष्ट हुँदाहुँदै पनि देशको राजनीतिक अस्थिरता, बेरोजगारी, युवाको विदेश पलायन, किसानको पीडा र राज्यप्रतिको नागरिकको निराशाले उनलाई सधैं बेचैन बनाइरह्यो। राजनीतिलाई पद र सुविधाको माध्यम होइन, समाज परिवर्तनको साधनका रूपमा बुझ्ने सोचले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित ग¥यो।

    पार्टीमा सक्रियताको अग्रपंक्तिमा

    चितवन–२ को उपनिर्वाचनका क्रममा रास्वपाको सचिवालयमा रहेर काम गर्ने अवसर पाएपछि उनी पार्टीको संगठन, कार्यशैली र विचारधारासँग गहिरो रूपमा जोडिए। कार्यक्षमता, इमानदारी र नतिजामुखी कामकै आधारमा उनलाई चितवन जिल्ला सचिवको महत्वपूर्ण जिम्मेवारी दिइयो। जिल्ला सचिवको जिम्मेवारी सम्हालेपछि उनले चितवनका ९४ वटै वडामा नगर अधिवेशन सफलतापूर्वक सम्पन्न गराएर संगठनलाई जरा–जमिनसम्म विस्तार गर्न महत्वपूर्ण योगदान दिएका छन्। रवि लामिछानेको चुनावी अभियानदेखि नारायणगढ–बुटवल सडकखण्डको १२० किलोमिटर पदयात्रासम्म उनी अग्रपङ्क्तिमा रहेर पार्टीका अभियानमा सक्रिय देखिएका छन्। पार्टीको डिजिटल प्रणाली, अभिलेख व्यवस्थापन र कार्यक्रम सञ्चालनमा देखाएको दक्षताले उनलाई पार्टी नेतृत्वको विश्वासपात्र बनाएको छ।

    उमेद्वारीले जगाउने आशा

    चितवन क्षेत्र नम्बर ३ का मतदाताले आज नयाँ सोच, इमानदार नेतृत्व र परिणाम दिने प्रतिनिधिको खोजी गरिरहेका छन्। यही सन्दर्भमा विशाल कोइरालाको उम्मेदवारी अर्थपूर्ण देखिन्छ। करिब छ दशकदेखि चितवनको माटोसँग जोडिएको परिवार, स्थानीय समस्या र सम्भावनालाई नजिकबाट बुझेको अनुभव, शिक्षित र उद्यमी पृष्ठभूमि तथा राजनीतिलाई पेशा होइन सेवाका रूपमा बुझ्ने दृष्टिकोणले उनलाई बलियो उम्मेदवार बनाएको छ। युवालाई स्वदेशमै रोजगारी, कृषि उत्पादनको आधुनिकीकरण, ब्रान्डिङ र बजारिकरण तथा पारदर्शी र जवाफदेही शासन उनका प्रमुख एजेन्डा हुन्। चितवनमा उत्पादन हुने तरकारी, दूध, अण्डा लगायतका कृषिजन्य वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने स्पष्ट सोच उनले सार्वजनिक रूपमा राख्दै आएका छन्।पुराना दलका स्थापित अनुहारहरूको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी र विशाल कोइरालाजस्ता युवा, शिक्षित र इमानदार नेतृत्वले जनतामाझ नयाँ आशा र विश्वासको सञ्चार गरिरहेका छन्। चितवन–३ आज एउटा निर्णायक मोडमा उभिएको छ, जहाँ मतदाताले पुरानो अभ्यास र नयाँ सम्भावनाबीच छनोट गर्नुपर्ने अवस्था आएको छ। चितवन–३ ले अब प्रश्न गरिरहेको छ— पुरानै अनुहार कि नयाँ सोच? राजनीति पेशा कि सेवा?

    यदि राजनीति साँच्चै जनताको सेवाका लागि हो भने, इमानदार सोच, सफा छवि र चितवनकै माटोबाट उठेको विशाल कोइरालालाई जिताउनु भनेको आफ्नो भोलिको भविष्य आफैंले सुरक्षित गर्नु हो भन्ने सन्देश अहिले चितवन–३ का मतदाताको मनमनमा गहिरिँदै गएको छ।

    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.