• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चिकित्सक संघ निर्वाचनको चुनावी सरगर्मी उत्कर्षमा


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • काठमाडौं/नेपाल चिकित्सकहरूको छाता संगठन, नेपाल चिकित्सक संघ (NMA) को आगामी माघ पहिलो सातादेखि सुरु हुने निर्वाचनको सरगर्मीले यतिबेला देशव्यापी रूप लिएको छ। चुनावी मैदानमा होमिएका दुई मुख्य समूह— डा. बद्री रिजाल नेतृत्वको ‘टिम बद्री’ र डा. मंगल रावल नेतृत्वको ‘टिम मंगल’— यतिबेला तराईका विभिन्न सहरहरूमा चिकित्सकहरूसँग भेटघाट र भोट माग्न व्यस्त छन्।

    Advertisement

    ‘टिम बद्री’को पश्चिम यात्राको तयारी

    डा. बद्री रिजालको नेतृत्वमा रहेको १८ सदस्यीय उम्मेदवार टोलीले हालै पूर्वी नेपाल र मधेश प्रदेशका प्रमुख सहरहरूको भ्रमण सम्पन्न गरेको छ। हेटौँडा, वीरगन्ज, जनकपुर, धरान, विराटनगर, बिर्तामोड र दमक पुगेर यो टोली हाल चितवनको भरतपुर आइपुगेको छ।

    अहिले भरतपुरमा रहेका डा. बद्री रिजालले पूर्वी नेपालको भ्रमणपछि टिममा नयाँ उत्साह थपिएको बताएका छन्। “पूर्वी क्षेत्रका साथीहरूको प्रतिक्रियाले हामी निकै उत्साहित छौँ, माहोल हाम्रो पक्षमा देखिएको छ,” डा. रिजालले भने। गाडी रिजर्भ गरेर देश दौडाहामा निस्किएको यो टोलीले मोफसलका चिकित्सकहरूका समस्या सुन्ने, सुझाव लिने र आफ्ना प्रतिबद्धताहरू सुनाउने कार्य गरिरहेको छ। चितवनपछि यो टोली पोखरा हुँदै पश्चिम नेपालतर्फ मोडिने तयारीमा छ।

    ‘टिम मंगल’को ‘परिवर्तन’को नारा

    अर्कोतर्फ, डा. मंगल रावलको नेतृत्वमा रहेको टोली पनि आक्रामक रूपमा चुनावी प्रचारमा छ। यो टोली आइतबार झापाको भद्रपुर पुगेको छ। यसअघि नै चितवन, वीरगन्ज, जनकपुर, लाहान, राजविराज र धरान जस्ता सहरहरूमा चिकित्सकहरूसँग साक्षात्कार गरिसकेको यो टोलीले अब विर्तामोड र दमकमा कार्यक्रम गर्ने योजना बनाएको छ।

    “हामीलाई चिकित्सक साथीहरूबाट अपार सहयोग प्राप्त भइरहेको छ। यसपटक नयाँ र पुराना धेरै साथीहरू परिवर्तनको पक्षमा उभिनुभएको छ,” डा. रावलले दाबी गरे। उनको टोली पनि विराटनगर, हेटौँडा र चितवन हुँदै पोखरा र पश्चिम नेपाल जाने तालिका रहेको छ। ‘टिम मंगल’ले यसपटक चिकित्सक संघको इतिहासमा नयाँ अध्याय लेखिने विश्वास व्यक्त गरेको छ।

    डा. अरुण शाहीको दोहोरो अभियान: भोटसँगै सचेतना

    निर्वाचनको रोचक पक्ष भने डा. अरुण शाहीको अभियान बनेको छ। टिम मंगलबाट बागमती प्रदेश संयोजक (उपाध्यक्ष) का उम्मेदवार रहेका डा. शाहीले चुनावी प्रचारलाई आफ्नो पेसागत दक्षतासँग जोडेका छन्। निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उच्च अदालतको आदेश लिएर चुनावी मैदानमा फर्किएका उनले भोट माग्ने मात्र नभई मेडिकल अंकोलोजी (क्यान्सर रोग) सम्बन्धी सचेतना समेत जगाइरहेका छन्।

    “मैले यो अभियानलाई देश निहाल्ने र क्यान्सर उपचारको अवस्था बुझ्ने अवसरको रूपमा लिएको छु,” डा. शाही भन्छन्। उनले विभिन्न सहरहरूमा स्थानीय चिकित्सकहरूसँग क्यान्सरको पहिचान र उपचारलाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे सुझाव संकलन गरिरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सगरमाथा चौधरी आँखा अस्पताल जस्ता संस्थाहरूको योगदानको चर्चा गर्दै चिकित्सकहरूको पेसागत सुरक्षाका एजेन्डाहरू अघि सारेका छन्।

    दुवै टोलीले आ-आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहँदा चिकित्सकहरूका पेसागत सुरक्षा, ‘जेल विथआउट बेल’ को प्रभावकारी कार्यान्वयन, चिकित्सक सेवा ऐन र कार्यस्थलमा हुने हिंसाको अन्त्य जस्ता विषयहरू यसपटकको निर्वाचनका मुख्य एजेन्डा बनेका छन्। देशभरका करिब १३ हजारभन्दा बढी चिकित्सक मतदाता रहेको यस निर्वाचनमा उपत्यका बाहिरका मतहरू निर्णायक मानिन्छन्।

    आगामी माघको पहिलो सातादेखि हुने मतदानका लागि दुवै टिमले आफूलाई ‘मोफसलका चिकित्सकको साथी’ का रूपमा उभ्याउन कसरत गरिरहेका छन्। तराईको गर्मी र जाडो दुवैको परवाह नगरी भोट माग्न निस्किएका उम्मेदवारहरूले अबको एक साता पश्चिम नेपाललाई आफ्नो चुनावी केन्द्र बनाउने देखिन्छ।

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.