• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल : सुनिता लिगल कर्माचार्य


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो।

    Advertisement

    कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।

    संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय कार्यरत रहँदै उहाँले संचार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभयो।

    यही अनुभवले उहाँलाई आज व्यवसाय र संस्थागत नेतृत्वमा समेत सक्षम बनाएको छ। हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२/०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ (क्र.सं. २) कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।

    पछिल्ला चार वर्षदेखि उद्योग वाणिज्य संघमा आबद्ध रहँदै सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी कर्माचार्य पेशाप्रति इमानदार, कर्तव्यनिष्ठ र उत्तरदायी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

    व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय उहाँ व्यवसायीका हकहित, अधिकार संरक्षण तथा संस्थागत सुधारका पक्षमा निरन्तर पहल गर्दै आउनुभएको छ।

    देशको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कर्माचार्यले कोरोना महामारीपछिको आर्थिक सुस्तता र पछिल्ला आन्दोलनहरूले अर्थतन्त्रमा गहिरो असर पारेको बताउनुभयो। यस्तो अवस्थामा राज्यले नयाँ, व्यावहारिक र दीर्घकालीन आर्थिक नीति अवलम्बन गर्नुपर्ने उहाँको धारणा छ। अन्तरिम सरकारले तत्काल आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले जोड दिनुभयो।

    २१औँ शताब्दीमा आइपुग्दा पनि महिलाहरू अझै घरेलु सीमाभित्र सीमित हुनुपरेको यथार्थप्रति चिन्ता व्यक्त गर्दै कर्माचार्यले नेतृत्वमा पुगेपछि महिलालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। आर्थिक संकटकै कारण धेरै महिला उद्यमी व्यवसाय छाड्न बाध्य भएको उहाँको भनाइ छ।

    साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा महिलाको समान सहभागिता अझै सुनिश्चित हुन नसकेको, आर्थिक मन्दीका कारण व्यवसायीहरू विदेशिन बाध्य भइरहेको तथा सटर भाडा तिर्नसमेत कठिन अवस्था सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो। यी सम्पूर्ण समस्याको समाधानका लागि सशक्त आवाज बन्ने उद्देश्यले आफू उम्मेदवार बनेको उहाँले स्पष्ट पार्नुभयो।

    कर्माचार्य हाल चितवन र नवलपुर क्षेत्रमा नयाँ मोटरसाइकल, गाडीको बिक्रीवितरण अटोमोबाइल, हस्पिटालिटीतर्फ होटल, औषधी व्यवसायलगायतका विभिन्न क्षेत्रमा उहाँ आबद्ध रहँदै आउनुभएको छ ।

    यसैगरी उहाँ नबिन अटो सेन्टरकी प्रोप्राइटर, नबिन अटो केयर प्रा.लि., सिद्धार्थ अटो वर्कस, Adventure Traders Pvt. Ltd. तथा कर्माचार्य इन्टरप्राइजेज प्रा.लि. की निर्देशक हुनुहुन्छ। साथै, चितवन र नवलपुरका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता समेत हुनुहुन्छ।

    उद्योग वाणिज्य संघभित्र उहाँ जनसम्पर्क, ख्याति अभिवृद्धि तथा संस्थागत सामाजिक उत्तरदायित्व समिति (२०७८–२०८०) की संयोजक, चितवन महोत्सव २०७५ मञ्च व्यवस्थापन समिति संयोजक रहनुभएको थियो ।

    संस्थागत रूपमा उहाँ लायन्स क्लब अफ नारायणगढ संगमचोक संजिवनीकी संस्थापक अध्यक्ष, नारायणगढ लेडी जेसिजकी पूर्व अध्यक्ष तथा चितवन अटोमोबाइल सहकारी संस्था लि. की कार्यसमिति सदस्य रहनुभएको छ। विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा सदस्यता सहित उहाँ आजीवन रेडक्रस सदस्य समेत हुनुहुन्छ।

    २०६३ सालदेखि प्रत्यक्ष व्यवसायमा संलग्न कर्माचार्यले फ्रान्स, जर्मनी, स्वीट्जरल्यान्ड, बेल्जियम, दुबई, सिंगापुर, मलेसिया र भारतलगायत देशहरूको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गर्नुभएको छ।

    महिला अधिकारको कार्यान्वयन, व्यवसायीका हकहित संरक्षण तथा दिगो आर्थिक योजनामार्फत व्यवसायिक क्षेत्र सशक्त बनाउने स्पष्ट दृष्टिकोण, साहस र क्षमतासहित कर्माचार्य अघि बढिरहनुभएको छ। शालीन, सरल र कर्मशील स्वभावकी उहाँले महिला नेतृत्व मजबुत बनाउन र व्यवसायिक वातावरण सुधारका लागि आफूलाई एकपटक अवसर दिन सबै उद्योगी–व्यवसायी तथा मतदातामा हार्दिक अपिल गर्नुभएको छ।

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.