चितवन/चितवनमा ‘नारायणी एक्स्पो’ आयोजना हुने भएको छ। रेड रक इभेन्टको आयोजनामा भरतपुरस्थित नारायणी नदी किनारमा यही पुस २५ गतेदेखि माघ १० गतेसम्म एक्स्पो सञ्चालन हुने जानकारी मंगलबार नदी किनारमै आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो।
एक्स्पोले चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै भरपूर मनोरञ्जन प्रदान गर्ने रेड रक इभेन्टका अध्यक्ष विकल क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार एक्स्पोमा करिब २०० वटा व्यवसायिक स्टल रहनेछन् भने स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, नेपाली कला–संस्कृति, विविध खानपान तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछ। एक्स्पोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब साढे तीन करोड रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ।
प्रदर्शनी संयोजक पाल्देन लामाले अनुसार एक्स्पोको मुख्य आकर्षणका रूपमा लण्डन, पेरिस, कश्मीरी भ्याली तथा अमेरिकाको झल्को दिने संरचना निर्माण गरिने बताउनुभयो । उहाँले प्रवेश टिकट दर रु १०० र रु ७० कायम गरिएको जानकारी दिनुभयो।
संयोजक लामाले भरतपुर महानगरपालिकाबाट प्रदर्शनी आयोजना गर्ने अनुमति प्राप्त भइसकेको जनाउँदै प्रशासनसँग आवश्यक समन्वय तथा अनुमतिका लागि छलफल भइरहेको बताउनुभयो। साथै, एक्स्पो अवधिभर फोहोर व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसमेत गरिएको उहाँको भनाइ छ।
चितवनमा ‘नारायणी एक्स्पो’ आयोजना हुने
चितवनमा ‘नारायणी एक्स्पो’ आयोजना हुने
Advertisement
तपाईको प्रतिक्रिया




