• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘जितेपछि राजनीतिक नियुक्ति लिन्नौं’- डा. मंगल रावल समूह

  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित
  • काठमाडौं/नेपाल चिकित्सक संघ (एनएमएस)को आसन्न निर्वाचनमा डा. मंगल रावलको नेतृत्वमा चुनावी मैदानमा होमिएको ‘टिम मंगल’ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यो समूहले आफूहरू निर्वाचित भए कार्यकालभरि स्वास्थ्य क्षेत्रका कुनै पनि राजनीतिक नियुक्ति नलिने घोषणा गरेको हो।

    Advertisement

    चिकित्सक संघमार्फत गरिने निर्णयहरूमा कुनै पनि राजनीतिक दल वा तिनका संगठनको संलग्नता नरहने प्रतिबद्धता समेत टिम मंगलले जनाएको छ। ‘हाम्रो टिमको कुनै पनि सदस्य कुनै पनि राजनीतिक दलमा आबद्ध हुने, पद लिने वा राजनीतिक गतिविधिमा संलग्न हुनेछैनन्,’ प्रतिबद्धता पत्रमा भनिएको छ।

    संघले गर्ने महत्त्वपूर्ण निर्णयहरू बहुमत सदस्यबाट पारित हुनुपर्ने व्यवस्था गर्दै त्यस्ता निर्णयका लागि ‘ब्यालोटिङ’ प्रणाली लागू गर्ने समूहको योजना छ। त्यसैगरी, पारदर्शिताका लागि प्रत्येक महिना संघको प्रगति विवरण र प्रत्येक तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    आफूहरूले जिते सबै सदस्यलाई मताधिकारसहितको साधारण सदस्यता शुल्क ३०० रुपैयाँ कायम गरी पुनः सुचारु गर्ने र निर्वाचनमा उम्मेदवारी दिन लाग्ने ४ वर्षे र ७ वर्षे प्रतिबन्ध तत्काल खारेज गर्ने घोषणा गरेको छ। ‘हाम्रो एनएमए, सबैको एनएमए’ भन्ने नारासहित यो समूहले चिकित्सक ऐनका लागि पहल गर्ने, संघले चिकित्सकहरूलाई दिने सुविधा सुधार र विस्तार गर्ने तथा नीतिगत सुधारका कार्यहरू गर्ने दाबी गरेको छ।

    डा. रावलको नेतृत्वमा रहेको यो समूहलाई मुख्यगरी एमाले निकट चिकित्सकहरूको धारका रूपमा हेरिए पनि डा. रावलले भने यसलाई अस्वीकार गर्दै आएका छन्। संघको नयाँ नेतृत्व चयनका लागि आगामी माघ २ र ३ गते उपत्यकाबाहिर तथा माघ १५, १६ र १७ गते उपत्यकाभित्र मतदान हुँदैछ।

    संघको केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह-कोषाध्यक्षसहित सातै प्रदेशबाट एक-एक जना उपाध्यक्ष (प्रादेशिक संयोजक) र ६ जना सदस्य रहने व्यवस्था छ।

    डा. रावलको प्यानलमा को-को छन् ?

    डा. रावल नेतृत्वको टिमको वरिष्ठ उपाध्यक्षमा डा. किर्तीपाल सुवेदी र महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सहसचिवमा डा. राम जीवन प्रसाद र सह-कोषाध्यक्षमा डा. सुवास गुरुङले उम्मेदवारी दिएका छन्।

    त्यसैगरी यो समूहको उपाध्यक्षमा प्रादेशिक संयोजक समेत रहने गरी कोशीबाट डा. टंक प्रसाद बाराकोटी, मधेशमा डा. उदय नारायण सिंह, बागमतीमा डा. अरुण शाही, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्यालले उम्मेदवारी दिएका छन्।

    डा. शाही भने संघको निर्वाचन कमिटीले उम्मेदवारी खारेजी गरिदिएपछि उम्मेदवारी कायमको लागि कानुनी प्रक्रियामा छन्। डा. रावल नेतृत्वको समूहतर्फ सदस्यको उम्मेदवारी दिनेमा डा. अरुण उप्रेती, डा. पल्पसा श्रेष्ठ, डा. अमित झा, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दीक्षा बोहरा छन्।

    आइतबार, पुष १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.