• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दुग्ध क्षेत्रको वृहत विकासका लागि अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ सञ्चालन हुने


  •   बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
  • भरतपुर/दुग्धजन्य उत्पादनको व्यवसायिकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने, उत्पादनका हिसाबले आत्मनिर्भर हुँदै गरेको दुधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि मेशिन, उपकरणको अवलोकनका लागि अवसर प्रदान गर्ने, विभिन्न तालिम गोष्ठीका माध्यमबाट उद्यमी तथा व्यवसायिक किसानलाई ज्ञान तथा अनुभव प्रदान गर्ने र डेरीजन्य उद्यमशिलताको दिगोपनका लागि आवश्यक वातावरण तयार गर्ने उद्देश्यका साथ गत वर्षदेखी चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा शुरुवात भएको राष्ट्रिय डेरी एक्स्पो लाई प्रदर्शक, अवलोकनकर्ता र सम्बन्धित सरोकारवाला निकायहरुले डेरी प्रदर्शनीलाई अन्तर्राष्ट्रिय प्रदर्शनीका रुपमा आयोजना गर्न दिइएको सल्लाह सुझाव बमोजिम “डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ मिति २०८२ माघ २५ गतेदेखि २९ गतेसम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ सञ्चालन गर्न लागिएको हो ।
    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नेपालको दुग्ध क्षेत्र आर्थिक, सामाजिक र पोषणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेता पनि अझै धेरै चुनौतीहरूको सामना गरिरहेको परिप्रेक्ष्यमा डेरी प्रदर्शनीको आयोजनाले दुग्ध क्षेत्रको वृहत विकासका लागि साझा मञ्च प्रदान, नयाँ प्रविधि र नवप्रवर्तनको प्रदर्शनी, बजार विस्तार र ब्रान्ड प्रवद्र्धनको अवसर, व्यवसायिक नेटवर्किङ र लगानी आकर्षण, उत्पादनको गुणस्तर र व्यवसायिकरण प्रवद्र्धन, पोषणीयता र खाद्य सुरक्षाको वृद्धि, महिला र युवा सहभागिता प्रवद्र्धन, स्थानीय तथा राष्ट्रियस्तरमा दुग्धजन्य उत्पादनको व्यापार प्रबद्र्धन र निर्यातका लागि आधार गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।
    डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्नु, किसान, उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यावसायिक सञ्जालको अवसर सिर्जना गर्नु, उपभोक्ताहरूलाई डेरी उत्पादनको महत्व, फाइदा, तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्नु, डेरीजन्य उद्योगका नयाँ उत्पादनहरु लन्च र ब्रान्डिङ गर्ने अवसर प्रदान गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षताको वृद्धि गर्नु, साना किसान र व्यवसायीलाई उचित मार्गदर्शन, तालिम तथा अनुदानको बारेमा जानकारी दिनु, डेरी उद्योगलाई दिगो र आर्थिक रूपमा फाइदाजनक बनाउने उपायहरूमा ध्यान केन्द्रित गर्नु, दुग्ध उत्पादक सहकारीहरुलाई औद्योगिक उत्पादनमा लाग्न प्रेरित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको घिमिरेले जानकारी गराउनु भयो ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले पहिलो वर्ष राष्ट्रिय संस्करणको रुपमा गरिएको डेरी एक्स्पोका कारण दुग्धजन्य उत्पादनको विविधिकरणमा पुगेको सहयोगका कारण चितवनमा दैनिक १० हजार भन्दा बढी लिटर दुधको खपत हुन थालेको र डेरीजन्य उत्पादनको निर्यात समेत भईरहेको हुँदा अन्तर्राष्ट्रिय संस्करणको रुपमा गर्न लागिएको बताउनुभयो । प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरणहरु, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका एकसय भन्दा बढी स्टलहरु रहने बगालेले जानकारी गराउनु भयो ।
    प्रदर्शनी अन्तर्गत डेरीजन्य उत्पादन, मेशिनरी तथा प्रविधिको प्रदर्शनी, कार्यशाला र तालिम सञ्चालन, बिटुबि मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिका अनुभव र सफलताका कथाहरु, प्रत्यक्ष प्रदर्शन कार्यक्रमहरू, पुरस्कार वितरण कार्यक्रम, प्रदर्शनी अवधिमा डेरीजन्य उत्पादनहरुको फुड स्टल, डेरीजन्य नयाँ प्रोडक्ट लन्च जेनजी युवा पुस्ताहरुलाई डेरी क्षेत्रमा आकर्षण गर्नका लागि डेरीजन्य उद्यमशिलतामा युवाको सम्लग्नता, अवसर र चुनौती विषयक वक्तृत्वकला प्रतियोगिता, डेरीजन्य उत्पादनको विविधिकरणका लागि सरोकारवाला निकायहरुको प्रयास, उपलब्धी र डेरी क्षेत्रका समस्याको दिगो समाधान सम्बन्धि विज्ञहरुको उपस्थितिमा प्यानल छलफल लगायतका कार्यक्रमहरु रहनेछन् ।सातवटै प्रदेशको कृषि मन्त्रालयको सिफारिसमा प्रत्येक प्रदेशका एक–एक जना दुग्धजन्य उत्पादक कृषक÷उद्यमीलाई पुरस्कृत गर्ने साथै गाईको प्रदर्शनी उत्कृष्ट गाई प्रदर्शकलाई पुरस्कृत गर्ने योजना आयोजकले जनाएको छ ।
    प्रदर्शनीमा आउने प्रदर्शकहरुलाई नयाँ उत्पादनहरू र सेवाहरूको प्रत्यक्ष प्रदर्शनीको अवसर, बजार अनुसन्धानको अवसर, व्यवसायिक सम्झौता तथा व्यापार विस्तारको सम्भावना, बजारमा आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर, उपभोक्ताको प्रत्यक्ष प्रतिक्रिया, मिडिया र सामाजिक संजालमा प्रचार, उत्पादनको भिजुअल मार्केटिङ, कार्यशाला, छलफल तथा अन्तरक्रियाहरूमा सहभागी हुने अवसर, अन्य प्रदर्शकहरूबाट प्रेरणा, बिक्री तथा अर्डर बुकिङको अवसर, ग्राहक सन्तुष्टि परीक्षण गर्ने अवसर, नयाँ प्रविधि र इनोभेसन सम्बन्धी जानकारी, स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, दुग्ध उत्पादन सम्बन्धी नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष सम्पर्क लगायतका उपलब्धी मिल्नेछ । साथै, डेरीजन्य उत्पादकनको अन्तर्राष्ट्रिय स्तरको गुणस्तरका लागि उद्यमीहरुलाई प्रेरणा मिल्ने र केही हदसम्म भने पनि निर्यात प्रबद्र्धनमा सहयोग हुने विश्वास लिएको आयोजकको दावी छ ।
    करीब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिइएको अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
    अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानिय पालिकाहरु, जिल्ला तथा केन्द्रिय दुग्घ उत्पादक सहकारी संघहरु, डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन, प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरु, स्थानिय प्रदेश तथा संघिय सरकारका नीति निर्माताहरु, प्रदेश दुग्ध विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरीजन्य उद्योगका लागि आवश्यक मेशिन तथा उपकरणहरु उत्पादक तथा वितरक कम्पनीहरु, दुग्ध जन्य उत्पादनसँग सम्बन्धित उद्यमी तथा व्यवसायिक किसानहरु, नेपाल भेटेरिनरी एशोसियसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, सहकारी विभाग, पशु सेवा विभाग लगायतका संघ–संस्थाहरुसँग समन्वय र सहकार्य भई अगाडि बढिरहेको आयोजकको दावी छ ।

    Advertisement

    बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.