• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • भरतपुर/आतिथ्यता क्षेत्रमा मुग्लिङ बजारले देशव्यापी रुपमा आर्जन गरेको साखलाई निरन्तरता दिने र कृषि उपजलाई होटल व्यवसायसँग जोड्ने उद्देश्यका साथ इच्छाकामना गाउँपालिकाको मुख्य प्रबद्र्धन सहयोग, चितवन उद्योग संघ, होटल व्यवसायी संघ, चितवनको संरक्षकत्वमा चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा २०८२ पौष ११ गते देखी १५ गतेसम्म बिहान १०ः०० बजेदेखी राती ०८ः०० बजेसम्म मुग्लिङ बजारमा आयोजना हुने दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ ।

    Advertisement

    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागतसँगै महोत्सवको विषयमा जानकारी गराउनु भएको थियो । अध्यक्ष घिमिरेले नेपालको मध्य भागमा अवस्थित इच्छाकामना गाउँपालिका र विशेषगरी मुग्लिङ बजार, नेपालकै एक प्रमुख “ट्रान्जिट हब” र खानाको गन्तव्यको रूपमा रहेको र हजारौं यात्रुहरूको आवागमन हुने हुँदा यस क्षेत्रको आर्थिक विकाससँगै सुन्तलालाई राष्ट्रिय बजारमा चिनाई सुन्तलालाई राष्ट्रिय फलफूलको रुपमा घोषणा गर्नको लागि उपयुक्त माध्यम हुने बताउनुभयो ।

    त्यस्तै, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामना लगायत छिमेकी गाउँपालिकामा उत्पादित सुन्तलाको प्रचार–प्रसार गरी यसलाई राष्ट्रिय स्तरमा चिनाउने, कृषक र उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गराई छोटो वितरण माध्यम मार्फत र कृषकलाई उचित मूल्य दिलाउने आधार तयार गरी सुन्तला कृषिकलाई व्यवसायिक सञ्जालमा जोडी दिगो उत्पादन लाग्न प्रेरित गर्ने र सुस्त भएको बजारलाई महोत्सवको माध्यमबाट आर्थिक रूपमा चलायमान बनाउन सहयोग पुग्ने समेत बताउनुभयो ।

    त्यसैगरी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गरी स्थानीय होटल व्यवसायीहरूलाई आफ्ना परिकार पस्कने, स्वच्छ र स्वस्थ खानाको प्रवद्र्धन गर्ने तथा स्थानीय मौलिक खानालाई “ब्रान्डिङ” गर्न टेवा पुग्ने बताउनुभयो ।

    त्यस्तै, चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले प्रेस विज्ञप्ति मार्फत कार्यक्रमको जानकारी गराउनु भएको थियो । महोत्सवका माध्यमबाट मौलिक स्थानीय तथा राष्ट्रिय परिकारका विविध फुड स्टलहरू, हरेक दिन कम्तीमा एक जना राष्ट्रिय तथा चर्चित कलाकारद्वारा विशेष प्रस्तुति तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, उत्कृष्ट सुन्तलाको प्रदर्शनी तथा सुपथ मूल्यमा बिक्री वितरण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । मेलामा सुन्तला महोत्सव व्यवस्थापनको जिम्मेवारी चितवन उद्योग संघ इच्छाकामना समिति र फुड फेस्टिवल व्यवस्थापनको जिम्मेवारी होटल व्यवसायी संघ, इच्छाकामना इकाई समितिले लिएका छन् । महोत्सवमा होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रचार भई भविष्यमा ग्राहक संख्यामा वृद्धि हुने, इच्छाकामना लगायत छिमेकी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन हुने, करिब १०० जना स्थानीय सुन्तला कृषकले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिने, स्थानीय स्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको विज्ञप्तिमा जनाइएको छ ।
    महोत्सवको दोश्रो दिन व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती विषयक गोष्ठी कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रममा राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि विकास कार्यालय, चितवन, सुन्तला विज्ञ, सुन्तला उत्पादन गर्ने कृषक लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहनेछ । मेला अन्तर्गत इच्छाकामना गाउँपालिकाको सिफारिसमा उत्कृष्ट व्यवसायिक सुन्तला कृषकलाई सम्मान समेत गरिनेछ । निःशुल्क प्रवेश रहेको महोत्सवमा सुन्तला तथा होटलका गरी करीब ५० भन्दा बढी स्टलहरु रहने मेलामा ५० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । भने, मेलामा करीब ५० हजारले अवलोकन गर्ने लक्ष्य लिइएको विज्ञप्तिमा उल्लेख छ ।

    इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र व्यवसाय विकासमा कोसेढुङ्गा साबित हुने विश्वासका साथ स्थानीय उत्पादनलाई माया गर्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सञ्चालन हुने दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ को मुख्य प्रायोजकको रुपमा याक बु्रईङ कम्पनी र सहयोगी संस्थाको रुपमा मनकामना दर्शन प्रा.लि.रहेका छन् । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिका अध्यक्ष पुजन भण्डारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.