भरतपुर, २४ असोज/चितवन उद्योग संघको २९ औं बार्षिक साधारण–सभा कोभिड–१९ संक्रमण रोकथामका लागि भौतिक रुपमा जमघट भएर भेला, गोष्ठी, सभा, सम्मेलन गर्न नपाईने नेपाल सरकारको निर्णय बमोजिम विद्युतीय माध्यम (जुम) मार्फत सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपाल प्रमुख अतिथि रहनुभएको थियो । संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको सभामा प्रमुख अतिथि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा उद्योग वाणिज्यको तर्फबाट उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ जिल्ला अध्यक्षहरुको तर्फबाट उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नेपाल उद्योग परिसंघ प्रदेश संयोजकहरुको तर्फबाट नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेशका संयोजक एजाज आलम, बिशिष्ट अतिथिद्वय घरेलु तथा साना उद्योग महासंघका कार्यवहाक अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरज्यू र प्रमुख अतिथि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालज्यूलगायतले साधारण सभाको सफलताको कामना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभाको अवसरमा प्रकाशन गरिएको उद्यमी सन्देश २०७७ को विमोचन समेत गरिएको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको उद्घाटन सत्रलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
बन्द सत्र ः
चितवन उद्योग संघको साधारण सभाको बन्द सत्र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षमा सम्पन्न भएको छ । बन्द सत्र कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिलका अध्यक्ष हरि प्रसाद सुवेदीज्यू, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष भीमबहादुर पाण्डे, पूर्व अध्यक्षहरु कृष्णप्रसाद अधिकारी, सोमराज मरहठ्ठा, तारा प्रसाद पौडेल, गुणाकर खरेललगायतको सहभागिता रहेको थियो ।
सभाले माईन्युट प्रमाणित गर्ने जिम्मेवारी गोविन्द खनाल, शान्ता न्यौपाने र भोजराज देवकोटालाई दिएको थियो भने, आ.व.०७७/०७८ को लागि प्रस्तावित लेखा परीक्षकको लागि शुशिल सापकोटा एण्ड एशोसिएटस, तिमिल्सिना एशोसिएटस र एस रिजाल एण्ड एशोसिएटसको मध्येबाट नियुक्त गर्न कार्यसमितिलाइ अख्तियारी दिएको थियो ।
सभामा संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालबाट वार्षिक प्रगति प्रतिवेदन, उपाध्यक्ष एवं आर्थिक विभाग संयोजक सूर्यप्रसाद न्यौपानेबाट आ.व. २०७६/०७७ आर्थिक प्रतिवेदन, गभर्निङ काउन्सिलका अध्यक्ष हरि प्रसाद सुवेदीबाट गभर्निङ काउन्सिलका अध्यक्षको प्रतिवेदन, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष भीमबहादुर पाण्डेबाट पूर्व अध्यक्ष मण्डलका अध्यक्षको प्रतिवेदन प्रस्तुत भएको थियो । पेश गरिएका प्रतिवेदनहरुलाई सभाले पास समेत गरेको थियो । सभाको अवसरमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले गभर्निङ काउन्सिलका अध्यक्ष हरिप्रसाद सुवेदी सम्मान र २०७७ असोज १६ गतेदेखि संघको बरिष्ठ उपाध्यक्षमा चयन हुनुभएका त्रिलोचन कँडेललाई हार्दिक बधाई ज्ञापन गर्दै प्रमाणपत्र पदान गर्नुभएको थियो ।
साधारण सभाकै अवसरमा गभर्निङ काउन्सिलका अध्यक्ष हरिप्रसाद सुवेदीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने गभर्निङ काउन्सिलका उपाध्यक्ष सोमराज मरहठ्ठा, सदस्यहरु तारा प्रसाद पौडेल, गुणाकर खरेल र कृष्णप्रसाद अधिकारीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
साथै संघको बिधान अनुसार गभर्निङ काउन्सिलको विघटन गर्दै नयाँ गभर्निङ काउन्सिलको निर्वाचनको लागि संघका कानूनी सल्लाहकार अधिवक्ता कमलराज पाठक संयोजकत्वमा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल र प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल सदस्य रहनु भएको निर्वाचन मण्डललाई हस्तान्तरण गरिएको थियो ।
पूर्व अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा पूर्व अध्यक्ष सोमराज महरट्टाको अध्यक्षतामा ताराप्रसाद पौडेल, गुणाकर खरेल, कृष्णप्रसाद अधिकारी र भीम बहादुर पाण्डे सदस्य रहने गरी ५ सदस्यीय गभर्निङ काउन्सिलको निर्वाचित गरेको थियो ।
नवनिर्वाचित गभर्निङ काउन्सिलका अध्यक्षलाई संघका अध्यक्ष राजु पौडेलले र सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले काउन्सिलका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । सपथ लिएसँगै गभर्निङ काउन्सिलका नवनिर्वाचित अध्यक्ष सोमराज मरहट्टाले प्रतिवद्धता मन्तव्य समेत राख्नुभएको थियो । भने संघका अध्यक्ष बधाई व्यक्त गर्दै बन्द सत्रको समापन गर्नुभएको थियो ।
चितवन औद्योगिक विकास साकोसको ९ औं बार्षिक साधारण सभा सम्पन्न
भरतपुर, २४ असोज/औद्योगिक सहकार्यका लागि सहकारी भन्ने उद्देश्य सहित स्थापित चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनुभएको थियो । साकोसका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित अध्यक्षको बार्षिक प्रतिवेदन पेश गर्नुभएको सभामा प्रमुख अतिथि नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्यालले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष तथा ऋण उपसमिति संयोजक दुर्गा प्रसाद भण्डारीद्वारा आ.व.०७७/०७८ को बजेट र कार्यक्रम, लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्यालद्वारा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव सुधा सुवेदी पौडेलद्वारा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुत प्रतिवेदनहरु माथि सभाका सदस्यहरुबाट छलफल सहित अनुमोदन भएको थियो । साधारण सभाले रिक्त सञ्चालक समितिमा चन्द्रकान्त सुवेदीलाई चयन गरेको थियो ।
सभाले लघु, घरेलु तथा साना उद्योगको उपजको बिक्रीका लागि निर्मित केन्द्र सञ्चालन गर्ने, औद्योगिक शिक्षालय सञ्चालन गर्ने र चितवन उद्योग संघ÷चितवन प्रदर्शनी केन्द्रको संरचना प्रयोग गरी प्रदर्शनी आयोजना गर्न प्रदर्शनी आयोजक कम्पनी स्थापना तथा सञ्चालन गर्ने महत्वपूर्ण र विशेष प्रस्तावहरु समेत पारित गरेको थियो ।
साधारण सभाको अवसरमा आदर्श वचतकर्ताको रुपमा राजेन्द्र सटर ग्रिल उद्योगका मोहनलाल श्रेष्ठ, मेहरमान श्रेष्ठ र चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फ्रेबिकेशन उद्योग समितिलाई, ज्येष्ठ शेयर सदस्यतर्फ ८८ वर्षका चेतनाथ भट्टराई र ६४ वर्षकी साबित्री भट्टराई, आदर्श ऋणीतर्फ रमिला ब्लक उद्योग, बानियाँ कंक्रिट ब्लक उद्योग र आभाष कंक्रिट उद्योगलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट वाल वचतकर्तातर्फ शुभम न्यौपाने, एउटै उद्योगबाट धेरै शेयर सदस्य बनाउन सफल ओम श्री पोल्ट्री फर्म, लाइभकेयर फर्मास्यूटिकल्स प्रा.लि., मनकामना एग टे«, किसान दाना उद्योग प्रा.लि. र संगम एग टे« लाई सभाको अवसरमा सम्मान गरिएको थियो ।
चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन औद्योगिक विकास साकोसका उपाध्यक्ष युग राज वस्तीले धन्यवाद सहित समापन गर्नुभएको थियो ।


Advertisement




