भरतपुर/चितवन उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति र चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको संयुक्त आयोजना र जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको सह–आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।चितवन उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकी संयोजक अस्मिता तिमिल्सिना रिजाल र चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बिनु रायमाझी प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि रायमाझीले लैङ्गिक हिंसा विरुद्ध खुलेरै आवाज उठाउनु पर्ने र लैङ्गिक हिंसाको समाधानको लागि आवश्यक कानून बनाएर अगाडि बढ्नु पर्ने भएकोले राष्ट्रिय स्तरबाटै कानूनमा संशोधन गर्नको लागि आफ्नो पहल रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।अन्तरक्रियामा सहभागीहरुबाट उठेका प्रश्नहरु माथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरी, अधिवक्ता अनिता खड्का, महिला उद्यमी चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको तर्फबाट संगीता भट्टराईले प्रष्ट पारेका थिए ।

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले लैङ्गिक हिंसा विरुद्ध हुने गरेका विषयहरुमा तथ्याङ्क सहित प्रस्तुतिकरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकी संयोजक अस्मिता तिमिल्सिना रिजालले धन्यवाद मन्तव्य सहित सहित समापन गर्नुभएको थियो ।
Advertisement




