पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोश्रो सधारण सभा समितिका अध्यक्ष श्री राजकुमार भट्टको सभापतित्व र राप्ती नगरपालिकाका उपमेयर इमान सिं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
राप्ती नगरपालिका वडा न २ का अध्यक्ष श्याम सुन्दर उप्रेती, वडा न १ का अध्यक्ष सिद्धिलाल स्याङ्तान र सघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना चितवनका आयोजना प्रमुख नारायण काफ्ले ज्यूको विशिष्ट आतिथ्यता र विभि
न्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिको आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सचिव रामेश्वर गौतमले स्वागत मन्तव्य सहित सागठनिक प्रतिवेदन, अध्यक्ष राजकुमार भट्टले प्रगति प्रतिवेदन, कार्य समिती सदस्य गुणराज थपलियाले ऐतिहासिक पृष्ठभुमि सहितको प्रतिवेदन र लेखा समिति संयोजकको हैसियतले गणेश प्रसाद सिलवालले आ.व. २०७/०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।लेखा संयोजक गणेश प्रसाद सिलवालले सन्चालन गर्नु भएको उक्त कार्यक्रमलाई अध्यक्षले धन्यवाद मन्तव्य सहित समापन गर्नु भएको थियो।




