• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

औद्योगिक एसी तथा फ्रिज मर्मत तालिमको समापन


  •   बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
  • बुटवल/रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा मेकानिकल र इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादनमूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागिऔद्योगिक एसी तथा फ्रिज मर्मत विषयक १६ दिने (९६ घण्टे) निःशुल्क तालिम बुटवलमा सम्पन्न भएको छ। ।
    रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले यो तालिमले उत्पादन गरेको दक्ष प्राविधिक जनशक्ति उद्योग क्षेत्रका लागि अमूल्य पूँजी भएको उल्लेख गर्दै स्वदेशमै सीपयुक्त जनशक्ति विकास हुँदा उद्योगका मर्मत–सम्भार खर्च घट्ने, सेवा गुणस्तर बढ्ने र रोजगारीका सम्भावनाहरू विस्तार हुने कुरामा जोड दिनुभयो । वहाँले तालिमबाट प्रशिक्षार्थीलाई समाजमा आत्मविश्वास पूर्वक उभिन, परिवारसँग सम्मानित रूपमा जीवनयापन गर्न तथा व्यावसायिक पहिचानका साथ अघि बढ्न सक्षम बनाउँने कुरा स्पष्ट पार्नुभयो ।
    इन्स्योर परियोजनाका अनुगमन तथा मूल्याङ्कन संयोजक नेपालुराम चौधरीले तालिममा सहभागीहरूको सक्रियता, जिज्ञासा र प्रतिबद्धताले प्रतिफल उत्साहजनक रहेको भन्दै, यस्तो सीपले प्रशिक्षार्थीलाई व्यावसायिक रूपमा सक्षम मात्र नभई , भविष्यमा स्वावलम्बी जीवन निर्माण गर्ने ,उद्योग क्षेत्र, श्रमिक क्षमता विकास र स्थानीय अर्थतन्त्र सबैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
    प्रशिक्षकको रुपमा रहनु भएका सुमित श्रेष्ठले तालिमको संरचना, उद्देश्य र व्यावहारिक कार्यविधिअन्तर्गत रहेर प्राप्त गरेको सीपलाई निरन्तर अभ्यास, अद्यावधिक ज्ञान र पेशागत नैतिकताको साथमा उपयोग गर्न आग्रह गर्दै, यिनै क्षमताले भविष्यमा प्रशिक्षार्थीलाई दिगो रोजगारी, व्यावसायिक आत्मविश्वास र सम्मानित जीवनयापनतर्फ अघि बढाउने बताउनु भयो ।
    प्रशिक्षार्थीको रूपमा रहनु भएका पञ्चकन्या समूहका इलेक्ट्रिसियन दामोदर बस्याल र पाण्डे इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स मर्मत सेन्टरका सञ्चालक नारायण प्रसाद पाण्डेले समापन कार्यक्रममा आफ्ना अनुभव बताउँदै तालिमले प्रदान गरेको व्यवहारिक सीप, उपकरण परिचालन क्षमता र उद्योग मैत्री ज्ञानले आफ्नो पेशागत दक्षता वृद्धि गरेको, रोजगार र उद्यमशीलताका अवसरहरूमा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।
    रूपन्देही उद्योग संघका सचिव अशोक कुँवरको सञ्चालनमा भएको कार्यक्रममा १६ उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नु भएको हो ।उद्योगमा कार्यरत पेशाकर्मीको लागि आवश्यक सीप र ज्ञान प्रदान गरी व्यावसायिक दक्षता वृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.