भरतपुर/चितवनका सम्पूर्ण विषय, वर्ग र स्तरका उद्योगहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको परिसरमा बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय हेटौंडाले निर्माण गरेको लघु, घरेलु तथा साना उद्योगको उपजको बिक्री केन्द्रको हालसम्मको अवस्था र यसको सञ्चालन प्रक्रियाको विषयमा छलफल सम्पन्न भएको छ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले बिक्री केन्द्रको हालसम्मको यथार्थ अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।
छलफल कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्कीले संघ परिसरमा निर्माण भएको विक्री केन्द्रले बजारको पहुँच नपुगेका घरेलु तथा साना उद्योगको उपजलाई बजारीकरण गर्ने, आधुनिक प्रविधिको कारण विस्थापित हुने अवस्थामा पुगेका मौलिक तथा पुराना प्रविधिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै, उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय हेटौंडाका निर्देशक पुष्करचन्द्र घिमिरेले चितवन उद्योग संघले बिक्री केन्द्रको सञ्चालन मोडालिटी तयार गरी सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनुभयो ।
त्यस्तै उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय हेटौंडाका योजना प्रमुख रमेश पौडेलले बिक्री केन्द्रको सञ्चालन गर्ने दायित्व र हस्तान्तरण पछिको बजेटको अवस्थाको विषयमा स्पष्ट योजना बनाई अगाडि बढ्नु पर्ने बताउनु भयो ।
छलफल कार्यक्रममा उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालय हेटौंडाका आर्थिक प्रशासन शाखाका सजना फुयाँल, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
बिक्री केन्द्रको सञ्चालनका विषयमा छलफल सम्पन्न
बिक्री केन्द्रको सञ्चालनका विषयमा छलफल सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




