भरतपुर/निर्माण व्यवसायी संघ, चितवन र माैलाकालिका अस्पताल प्रा•लि• (भरतपुर-११, वाईपास) विच स्वास्थ्य सेवा उपभाेगमा छुट सुविधाका लागि आज दुवै संस्थाका प्रतिनिधिहरुकाे उपस्थितिमा सम्झाैता भएकाे छ। निर्माण व्यवसायी संघ चितवनका तर्फवाट अध्यक्ष दिनेशचन्द्र न्याैपाने र माैलाकालिका अस्पतालका तर्फवाट डाईरेक्टर डा• रमेश घिमिरेले सम्झाैतापत्रमा हस्ताक्षर गर्नुभएकाे थियाे। हस्ताक्षर लगत्तै सम्झाैता प्रारम्भ भएकाे छ भने अस्पतालवाट निम्न सेवा सुविधा उपयाेग गर्न सकिनेछ।

१) निर्माण व्यवसायी संघ चितवनका सदस्यहरु, कर्मचारीहरु र निर्माण व्यवसायी संघ चितवनमा आवद्व सदस्यहरुका एकाघरका परिवार एवं कार्यक्षेत्रमा खटिएका कामदारहरु समेतले उक्त अस्पतालमा २५% छुट सुविधा (ओपिडि वाहेक) उपभाेग गर्न सक्नेछन्।
२) फार्मेसिमा समेत महत्वपुर्ण छुट सुविधा उपभाेग गर्न सक्नेछन्।
३) माथि उल्लेखित छुट सुविधाका लागि अस्पतालमा टिकट काट्दाकाे वखतनै आवश्यक पहिचान पेश गर्नुपर्नेछ, उल्लेख गर्नुपर्नेछ।
४) पहिचान र सिफारिसका लागि निर्माण व्यवसायी संघ चितवनका आधिकारीक व्यक्तिहरुसँग समन्वय र सम्पर्क गर्नुपर्नेछ।
Advertisement




