• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पृथ्वी माध्यमिक विद्यालयमा विदेशी विशेषज्ञ डाक्टरहरुको टोलीले विद्यार्थीहरूको मुख तथा दाँतको निःशुल्क उपचार सुरू

  •   बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित
  • चितवन/कालिका नगरपालिका–७, भटेनीस्थित पृथ्वी माध्यमिक विद्यालयमा विदेशी विशेषज्ञ डाक्टरहरुको टोलीले विद्यार्थीहरूको मुख तथा दाँतको निःशुल्क उपचार सुरू गरेको छ । विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य संरक्षणका लागि सामुदायिक सहयोग केन्द्र नेपालको आयोजनामा तथा चितवन सहायता कोष बेल्जियमको सहयोग र मेडोरा बेल्जियमको प्राविधिक सहयोगमा तीन दिने निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो ।
    केन्द्रका महासचिव गुणराज थपलियाका अनुसार मेडोरा बेल्जियममा आबद्ध चार जना विदेशी विशेषज्ञ डाक्टर—डा. अनिता लिनाड्स, डा. क्रिष्टियम, डा. जोशीका र डा. इल्स—शिविरमा खटिएका छन् । उनीहरूले नेपाली चिकित्सकहरूको सहयोगमा विद्यालयका बालबालिकाको दाँत तथा मुखको उपचार गर्दैछन् । शिविरमा उपचार गराएका विद्यार्थीलाई औषधि पनि निःशुल्क प्रदान गरिएको छ । पहिलो दिन करिब १०० विद्यार्थीको उपचार सम्पन्न भएको विद्यालयले जनाएको छ ।
    पृथ्वी माविमा हाल १,२६० विद्यार्थी अध्ययनरत छन्, जसमा अधिकांश गरिब तथा विपन्न परिवारका बालबालिका छन् । विद्यालयका सबै विद्यार्थीको उपचार तीन दिनभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ । शिविरको उद्घाटन कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले गरेका थिए । उनले स्थानीय सरकारले नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको बताउँदै “बाहिरबाट आएर सेवामुखी काम गर्ने संघसंस्थालाई हामी स्वागत गर्छौं,” भने ।
    नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री हरिप्रसाद न्यौपानेले विदेशी विशेषज्ञ डाक्टरद्वारा ग्रामीण क्षेत्रमा गरिने उपचारले ठूलो राहत मिल्ने बताए । कार्यक्रममा सामुदायिक सहयोग केन्द्रकी उपाध्यक्ष सुजता विष्टले ग्रामीण बालबालिकाको मुख र दाँत स्वास्थ्य सुधार गर्ने उद्देश्यले पृथ्वी माविलाई छनोट गरिएको बताइन् । चितवन सहायता कोष बेल्जियमका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले संस्थाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा विपन्न समुदायका लागि निरन्तर काम गरिरहेको जानकारी दिए ।
    उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछानेको अध्यक्षता रहेको थियो । कार्यक्रममा चितवन सहायता कोष बेल्जियमकी संस्थापक अध्यक्ष सीता सापकोटा, पूर्वअध्यक्ष पार्वती अधिकारी, दिनेशप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका आधारभूत तह इन्चार्ज विष्णुलाल श्रेष्ठले सञ्चालन गरेका थिए ।

    Advertisement

    बिहिबार, कार्तिक १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.