प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था भरतपुर १० को चौथो वार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रवासमा लामो समयसम्म काम गरेर फर्किएका व्यक्तिहरुद्वारा सञ्चालित उक्त संस्थाले आज आफ्नो चौथो वार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सभाको बागमती प्रदेशका पुर्व मन्त्री बिजय सुवेदीले उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका सचिव दुर्लभ बन्धु पोख्रेलले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, सस्थाका कार्यवाहक कोषाध्यक्ष सकुन्तला तिवारी न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा भरतपुर १२ का वडा अध्यक्ष हरि पन्त,संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद न्यौपाने, सल्लाहकार प्रकाश लामिछाने,चितवन कोरिया पुनर्मिलन समाजका अध्यक्ष डम्बर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा असल ऋणि तर्फ अस्मिता पाण्डे,नियमित बचतकर्ता तर्फ दिपा अधिकारी र पुर्व कार्यालय सहायक इन्दिरा रेग्मीलाई सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियोे । यसैबीच सस्थाको साधारणसभाको अवसरमा आयोजना गरिएको बृहत् खुल्ला रक्तदान कार्यक्रममा २६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । रक्तदाताहरुलाइ सस्थाले सम्मान पत्रद्वारा सम्मान समेत गरेको थियोे । नेपालमा बचत र बहुउद्देश्यीय गरी ३२ हजार बढी सहकारी सञ्चालनमा रहेका छन् । संस्थाका सचिव दुर्लभबन्धु पोखरेलले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
प्रवासी चितवन बहुउद्देश्यीय सहकारी सस्थाको साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न
प्रवासी चितवन बहुउद्देश्यीय सहकारी सस्थाको साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया




