• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • भरतपुर/निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवन र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसानले) शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई विद्युतीय तथा अन्य सामग्री हस्तान्तरण गरेको छ । हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले ती सामग्री हस्तान्तरण गरेका हुन् ।
    आइतबार शिक्षा विकास तथा समन्वय इकाइ चितवनमा आयोजित एक कार्यक्रममा प्याब्सन चितवन र हिसान चितवनका प्रतिनिधिले डेल ब्राण्डको कम्प्युटर एक थान, ‘थ्री इन वान’ ब्रदर ब्राण्डको प्रिन्टर एक थान र स्टिल दराज एक थान हस्तान्तरण गरिएको हो ।
    गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा चितवनका थुप्रै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएपछि सेवाग्राहीलाई छरितो सेवा प्रदान गर्ने उद्देश्यले यसअघि नै प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालयमार्फत रु. ११ लाख मूल्यबराबरका १० थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको थियो ।
    शिक्षा विकास तथा समन्वय इकाइ चितवनका कार्यालय प्रमुख लक्ष्मण देवकोटाले प्याब्सन चितवनका अध्यक्ष मदन पुरीलाई गरेको आग्रहबमोजिम हिसान चितवनका सचिव दिनेश पुरी र प्याब्सन चितवनका कोषाध्यक्ष नवराज पौडेलको सक्रियतामा ती सामग्री हस्तान्तरण गरिएको प्याब्सन चितवनले जनाएको छ ।
    शिक्षाजस्तो संवेदनशील क्षेत्रमा विविध आन्दोलनलगायतका क्रियाकलापबाट सिर्जित हुने अवस्थाले ठूलो हानि पु¥याउने हुनाले सहयोग जुटाएर ती सामग्री प्रदान गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए । ‘विद्यालयहरूको तालुकदार अड्डा भएको र आफूहरूको बारम्बार काम परिरहने हुनाले ती सामग्री हस्तान्तरण गरेका हौँ’, कोषाध्यक्ष पौडेलले भने ।
    प्याब्सन चितवनका उपाध्यक्ष कृष्ण भट्ट, सचिव दयानिधि अर्याल, हिसान चितवनका उपाध्यक्ष प्रदीप पौडेललगायतको उपस्थिति रहेका कार्यक्रममा हस्तान्तरित सामग्री ग्रहण गर्दै समन्वय इकाइका कार्यालय प्रमुख देवकोटाले सँगसँगै पुनर्निमाणमा जुट्न र सेवाग्राहीलाई छरितो सेवा प्रवाह गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । आग्रह गरे बमोजिमका सामग्री पाएकोमा खुसी व्यक्त गर्दै उनले प्याब्सन चितवन र हिसान चितवनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    Advertisement

     

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.