• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ओली–लेखकलाई पक्राउ गर्न प्रहरी नै हच्क्यो


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • काठमाडौं/जेन–जी आन्दोलनमा गोली प्रहारबाट युवाहरूको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान अघि बढाउने कि नबढाउने भन्ने विषयमा सरकार अन्योलमा परेको छ । सहिद परिवार र आन्दोलनका अगुवाले तत्काल पक्राउ र कारबाहीको माग गरे पनि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको सकारात्मक धारणाबीच सुरक्षा अधिकारी र कानुनविद्ले भने जाँचबुझ आयोगको प्रतिवेदन पर्खन सुझाव दिएका छन् ।

    Advertisement

    मंगलबार चार सहिद परिवारले दिएको किटानी जाहेरी प्रहरीमार्फत जाँचबुझ आयोगमा पठाइएको छ । आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले फौजदारी अनुसन्धानमा प्रहरी स्वतन्त्र भएको स्पष्ट पारेका छन् । तर, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि अनुसन्धान अघि बढाउँदा सुरक्षा चुनौती बढ्न सक्ने आकलन सुरक्षा निकायले गरेको छ ।

    सोमबार जेन–जीका कार्यकर्ता जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि विवाद चर्किएको थियो । त्यसपछि प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल र सुरक्षा निकायका प्रमुखबीच बालुवाटारमा बैठक बसेको थियो । बैठकमा अधिकारीहरूले आयोगको कार्यादेश चलिरहेकाले छुट्टै अनुसन्धानले राजनीतिक तनाव र मुठभेट बढाउन सक्ने चेतावनी दिएका थिए ।

    मंगलबार प्रहरी परिसरले जाहेरी बुझेर पनि दर्ता नगरी आयोगमा पठाएको छ । एसपी पवन भट्टराईले क्षेत्राधिकार दोहोरिन सक्ने भएकाले जाहेरी आयोगमा पठाइएको बताए । गृहका स्रोतका अनुसार प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल अनुसन्धानका पक्षमा भए पनि तत्काल अघि बढाउने कि आयोगको प्रतिवेदन कुर्ने भन्नेमा सरकार विभाजित छ । यसबीच, जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी अनुसन्धानका लागि आफ्नो प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेको छ ।

    आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोग घटनाको विश्लेषण मात्र गर्ने हो, अनुसन्धान गर्ने अधिकार भने प्रहरीसँगै रहनेछ । आयोगले आन्दोलनका दिन खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका टोलीहरूको विवरण र सञ्चार टाइमलाइन माग गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छविलाल रिजाललाई विदेश जान रोक लगाएको छ । उता, सिंहदरबारमा आगजनी गराएको आरोपमा एमाले कार्यकर्ताले काठमाडौंका मेयर बालेन शाह र हामी नेपाल संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएका छन् । तर, प्रहरीले उक्त जाहेरी केरमेट अपूर्ण भन्दै नदर्ता गरी ‘होल्ड’मा राखेको जनाएको छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.