भरतपुर÷चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.को सातौं अधिवेशनबाट निर्वाचित समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.को असोज ३ र ४ गते सम्पन्न सातौं अधिवेशनबाट मदन घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवक्ता फुलमाया रानाभाट प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन सदस्यहरुमा चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवाल र व्यवस्थापक निर्वाचन अधिकृत रहनु भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत रानाभाटले नवनिर्वाचित समितिहरुको नाम घोषणा गर्नुभएको थियो । नवनिर्वाचित समितिको अध्यक्षमा मदन घिमिरे, उपाध्यक्षमा अर्जुन प्रसाद सापकोटा, सचिवमा सृजना सोती, कोषाध्यक्षमा गोविन्द प्रसाद खनाल, सञ्चालक सदस्यहरुमा रीता ढकाल घिमिरे, विक्रम सापकोटा, बिष्णु प्रसाद न्यौपाने, दुर्गालाल सापकोटा, युवराज पाठक रहनुभएको छ ।
त्यस्तै लेखा सुपरिवेक्षण संयोजकमा सुरेन्द्र कार्की, लेखा सुपरिवेक्षण सदस्यहरुमा सरिता खनाल पौडेल, विनोद पन्त रहनु भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित समितिका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता फुलमाया रानाभाटले सपथ खुवाउनु भएको थियो ।
कार्यक्रममा भेषराज दुवाडी, गुणाकर खरेल, तारा प्रसाद पौडेल, हरि प्रसाद सुवेदी, राजु पौडेल, त्रिलोचन कँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष मदन घिमिरेले धन्यवाद सहित प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मदन घिमिरेको नेतृत्वमा चितवन औद्योगिक विकास साकोस
मदन घिमिरेको नेतृत्वमा चितवन औद्योगिक विकास साकोस
Advertisement
तपाईको प्रतिक्रिया




