• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाख बराबरका विद्युतीय उपकरण


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • भरतपुर/निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ ।  प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर र १० थान प्रिन्टर हस्तान्तरण गरेको हो । जिल्लास्थित प्याब्सनआबद्ध स्कुलहरूबाट उठाइएको रकमबाट ती सामग्री खरिद गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । ‘युवाहरूको उकुसमुकस र देशमा सुशासन कायम गराउने हुटहुटीबाट सिर्जित आन्दोलनले जिल्लाका अधिकांश कार्यालयहरू ध्वस्त भएको र जिल्लामा छरितो सेवा प्रवाहका सहज होस् भनेर सहयोग गरिएको हो,’ प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले बताए ।
    ‘२३ र २४ गतेको आन्दोलनबाट सिर्जित परिस्थितिपश्चात सेवाग्राही नागरिकले सकेसम्म कम पीडा भोग्नु परोस् भनेर हामी प्रमुख जिल्ला अधिकारीज्यूसँगै सरसल्लाह गरी ती सामग्री प्रदान गरेका हौँ’, पुरीले भने । प्रशासनको आग्रहबमोजिम हस्तान्तरण गरिएका सामग्रीमा टुबेल्थ जेनको आई–५ कम्प्युटर १० थान, ब्रदर ब्रान्डको एल–२३२० ड्युप्लेक्स (डबल साइड प्रिन्ट गर्न मिल्ने) थ्री इन वान प्रिन्टर १० थान र २२ इन्चको एलइडी मोनिटर १० थान रहेका छन् । ती कम्प्युटरमा ८ जिबी ¥याम र ५१२ जिबीको एसएडी लगाइएको प्याब्सन चितवले जनाएको छ ।
    प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलको सक्रियता एवम् नेतृत्वमा प्याब्सन रकम संकलन गरेर प्रदान गरिएको कम्प्युटर र प्रिन्टर प्रतिसेटको मूल्य एक लाख १० हजार हुन आउँछ भने सहयोग गरिएको सबै सेटको मूल्य एघार लाख रुपैयाँ पर्ने प्याब्सन चितवनले जानकारी दिएको छ । ‘देश दुखेको बेला मल्हम लगाउने प्रयासस्वरुप सहयोग गरेका हौँ,’ कोषाध्यक्ष पौडेलले भने ।
    अध्यक्ष पुरीद्वारा हस्तान्तरित सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले सामग्रीका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले भने, ‘नागरिकलाई छरितो सेवा प्रवाह गर्न चितवन प्रशासन प्रतिबद्ध छ, हामी घटनाको तेस्रो दिनबाटै सेवामा जुटिसकेका छौ ।’ कतिपय जिल्ला प्रशासन कार्यालयहरूले दसैँअघि सेवा प्रवाह गर्न सकिँदैन भनेर सूचना निकालिरहेको अवस्थामा आफूहरू भने तत्कालै सेवा प्रवाहमा जुटिसकेको बताए । ‘आन्दोलनका नाममा ढुङ्गा हान्न उक्साउने र ढुङ्गा हान्नेलाई चाहिएको सेवा तुरुन्तै दिन सकियो भने त्यो ‘इँटको जवाफ फूलले दिएजस्तै हुन्छ,’ उनले भने ।
    सिडिओ अर्यालले ध्वंसमा परेका चितवनका कार्यालयहरूमध्ये केही कार्यालयहरू सञ्चालनमा आइसकेको र मालपोत कार्यालयबाहे अन्य सबै कार्यालयहरू छिट्टै सञ्चालनमा आउने बताए । आन्दोलनका क्रममा निकै संयमित भएको र मानवीय क्षति हुन नदिन आफूहरू पछि हटेको बताए । उनले भौतिक संरचनाको क्षति विस्तारै पूर्ति हुने तर मानवीय क्षति अपूरणीय हुने भएकोले आफूहरू पछि हटेको बताए ।
    प्याब्सन चितवनका सचिव दयानिधि आर्यालले सञ्चालन गरेको सामग्री हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू नेपाल प्रहरीका एसपी गोविन्द पुरी, नेपाली सेनाका गणपति दिनेश लामा, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, निजी विद्यालयका प्रिन्सिपल एवं सञ्चालकहरूको सहभागिता रहेको थियो ।

    Advertisement

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.