• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रत्ननगर र कालिका इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न

"कालिका इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न "

  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • रत्ननगर इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न
    रत्ननगर, १८ असोज/चितवन उद्योग संघ रत्ननगर इकाई समितिको प्रथम साधारण–सभा चितवन फरेष्ट रिसोर्ट प्रा.लि. को सभाहलमा सम्पन्न भएको छ । रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण–सभामा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    रत्ननगर इकाई समितिका सदस्य सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल विशिष्ट अतिथि रहनुभएको थियो । साधारणसभामा चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई, रेष्टुरेण्ट एण्ड वार एशोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र प्रसाद खतिवडा, युनाईटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारी, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चका अध्यक्ष सुधा सुवेदी पौडेल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशकहरु सुरेन्द्र कार्की, मुक्ति पोखरेल, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, स्टोर किपर उमेश श्रेष्ठ लगायत रत्ननगर क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।
    रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको बार्षिक कार्यप्रगति र भावी योजना समावेश भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष गोविन्द प्रसाद खनालले प्रस्तुत गर्नुभएको आ.व.०७६/०७७ को आर्थिक प्रतिवेदन माथि छलफल गरी सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका थिए ।
    साधारणसभाले गरेका निर्णयहरुलाई प्रमाणित गर्न सुभाषचन्द्र गौतम, कपिल रेग्मी, अन्जना पुडासैनीलाई जिम्मा लगाइएको थियो । साधारणसभाले शिव खनालको संयोजकत्वमा युवा उद्यमी मञ्च रत्ननगर, प्रमिला पोखरेलको संयोजकत्वमा महिला उद्यमी मञ्च रत्ननगर समेत गठन गरेको छ ।
    उक्त अवसरमा रत्ननगर इकाई समितिमा आवद्ध रही सञ्चालनमा रहेका सदस्य उद्योगहरु मध्येबाट इकाई समितिका गतिविधिहरुमा सहभागिता र निर्वाह गरेको भूमिकाको आधारमा समितिले गरेको मूल्याङ्कनको आधारमा कालिमा ह्याचरीका सञ्चालक उमाकुमारी सापकोटा र होटल रोयल सफारीका सञ्चालक शम्भु प्रसाद मालीलाई सफल उद्यमीका रुपमा सम्मान गरिएको थियो । साधारणसभाको अवसरमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा स्थानीय इकाईमा राहत वितरण प्रयोजनार्थ चितवन उद्योग संघ, रत्ननगर इकाई समितिले सहयोगको लागि आह्वान गरे बमोजिम सहयोग गर्ने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले चितवन उद्योग संघ र चितवन औद्योगिक विकास साकोसका गतिविधि र सञ्चालन प्रक्रियाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कालिका इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न
    कालिका, १८ असोज/चितवन उद्योग संघ कालिका इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न भएको छ । कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण–सभामा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष एवं संगठन बिस्तार विभागका संयोजक, रत्ननगर इकाई समितिका अध्यक्ष गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चका अध्यक्ष सुधा सुवेदी पौडेल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशकहरु सुरेन्द्र कार्की, मुक्ति पोखरेल, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, स्टोर किपर उमेश श्रेष्ठ लगायत कालिका क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।
    कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको बार्षिक कार्यप्रगति र भावी योजना समावेश भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष कल्पना आचार्यले प्रस्तुत गर्नुभएको आ.व.०७६/०७७ को आर्थिक प्रतिवेदन माथि छलफल गरी सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका थिए ।
    साधारणसभाले कल्पना आचार्यको संयोजकत्वमा महिला उद्यमी मञ्च कालिका गठन गरियो भने युवा उद्यमी मञ्चको लागि असोज २४ गतेभित्र संयोजक तोकिने गरी कालिका इकाई समितिलाई नै जिम्मा दिइएको । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको साधारणसभाको कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.