• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एमाले चितवनमा क्षति : ३ पार्टी कार्यालयसहित २७ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • चितवन/जेनजीका नाममा भएको आन्दोलनका क्रममा नेकपा (एमाले) चितवनलाई समेत ठूलो क्षति पुगेको छ । नेकपा एमाले चितवनको जिल्ला पार्टी कार्यालय, राप्ती नगरपालिकाको पार्टी कार्यालय र खैरहनी नगरपालिकाको पार्टी कार्यालयमा लुटपाट, तोडफोडपछि आगजनी गरिएको छ । यसैगरी जिल्लाभर २७ जना पार्टीका नेता कार्यकर्ताको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

    Advertisement

    राप्ती नगरपालिकामा १८, खैरहनी नगरपालिकामा ४, भरतपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा २ जना नेता कार्यकर्ताको घरमा लुटपाट, तोडफोड र आगजनी भएको सचिव ढुंगानाले बताए । कतिपयको घरमा लुटपाट र तोडफोड मात्र गरिएको छ भने कतिपयको घरमा आगजनी नै गरिएको छ । छिमेकी र स्थानीयहरुले अरु घरमा पनि क्षति हुने भन्दै आगजनी गर्नबाट रोकेपछि अधिकांश नेता कार्यकर्ताको घर जल्नबाट भने बँचेको हो । एमाले चितवनका अध्यक्ष कमल पाठकको घरमा समेत लुटपाट र तोडफोड गरिएको छ । आगजनी गर्नबाट स्थानीयहरुले बँचाएका छन् ।

    माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाभित्र कुनै पनि पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा क्षति नपुगेको सचिव ढुंगानाले जानकारी दिए ।

    आगजनी र तोेडफोड गरिएका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा जिल्ला नेतृत्वले आज स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन गर्दै नेताहरुले संकटको अवस्थामा कत्ति पनि नअत्तालिन र आफूलाई समहालेर अघि बढ्न हौसला दिएका छन् । विभिन्न संकट र विपत्तिसँग जुध्दै नेकपा (एमाले) आज यहाँसम्म आइपुगेको बताउँदै चितवन नेताहरुले कत्ति पनि विचलित नभई अझ सशक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    एमाले चितवनका अध्यक्ष कमल पाठकले अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्धिको पक्षमा दह्रोसँग उभिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी राणाकाल मै गठन भएको पार्टी हो, जसले आफ्नो जीवनमा धेरै उतारचढाव फुट विभाजनहरु व्यहोर्दै आयो । राणा, पंचायतले सिध्याउन सकेन, एमाले मुल धार एमालेको तत्कालिन महासचिव मदन भण्डारीको २०५० सालमा हत्या गरियो, २०५४ सालमा पार्टी फुटाइयो, ०५८ सालमा ज्ञानेन्द्रको निरंकुश सत्ताको चपेटले पार्टी संकटमा पर्याे । २०६३ सालमा एमालेलाई कमजोर बनाउने हिसाबले विदेशी तत्वको खेलमा ७० जना केन्द्रीय सदस्य र नेताले एकै पटक पार्टी छाडे । २०६४ सालको निर्वाचनको परिणाम पछि पार्टी नेतृत्व विहिन अवस्थामा पुग्यो, ०७८ मा पार्टी फुटाएर शिर्ष नेताको ठूलो पंक्ति बाहिरिएर एमाले सिध्याउने पंक्तिमा लागे ।’

    यति गर्दा पनि सबै संकट पार गर्दै एमाले अघि बढिरहेपछि सामान्य ढंगले नसकिँदो रहेछ भनेर अनेक निराधार आरोप लगाएर फेरि एकपटक अन्तर्राष्ट्रिय षड्यन्त्रसहित प्रतिक्रियावादीहरु एकजुट भएर एमाले सिध्याउन लागिएको उनले बताएका छन् ।
    उनले भनेका छन्, ‘यसरी एमाले सिध्याउन रचिएको षड्यन्त्रमा केही निर्दाेष मान्छे मारिए जो अत्यन्तै दुखःद र निन्दनीय घटना थियो । ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्दाञ्जली छ । त्यति मात्र हो र देशभरका ऐतिहासिक भवन, सर्वाेच्च अदालत, अन्य अदालतहरु, बार भवनहरु, संसद भवन, देश भरका विभिन्न पालिका, वडा कार्यालय, सार्वजनिक भवन, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घर र सम्पतिमाथि तोडफोड आगजनी गरेर आतंक सिर्जना गरियो ।’

    एमाले सिध्याउन रचिएको पटक पटकको योजना एमाले पंक्तिले धुजाधुजा पारेको बताउँदै उनले एमाले शतिसाल भएकाले कसैले एमाले सिध्याउने सपना नदेख्न अनुरोध गरेका छन् । ‘एमाले इमान्दार पार्टी हो । हामीलाई लगाइएको सबै आरोपको न्यायपूर्ण छानबिन गरियोस् र दोषी देखिए तल देखि माथिसम्म कारवाही गरियोस् भोग्न तयार छौं’ उनले भनेका छन्, ‘एमाले पनि रिफम गरेर चलाउँछौ र अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्दिको पक्षमा दह्रोसँग उभिने छौँ । कोही कमरेडहरु विचलित नभई दह्रोसँग उभिन अनुरोध गर्दछौं ।’

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.