भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे आयोजनामा नवौं मिष्टर हिमालयन राष्ट्रिय स्तरीय शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यका साथ चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेस संघ र चितवन जिम व्यवसायीहरू बीच 9TH MR. HIMALAYA NATIONAL LEVEL BODYBUILDING AND PHYSIQUE SPORTS CHAMPIONSHIP-2082 को विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ का अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै संस्थाका पदाधिकारी एवं सदस्यहरूबीच छलफल समेत गरिएको थियो। अन्तरक्रियाका क्रममा नवौं मिष्टर हिमालयन राष्ट्रिय स्तरीय शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता लाई पूर्णरूपमा सफल बनाउन सम्पूर्ण क्षेत्रको सहयोगको अपेक्षा समेत गरिएको थियो।
Advertisement






