भरतपुर/रोट्रक्याट क्लब अफ भरतपुर हाईटको सातौंं पदस्थापन तथा १५१ औं नियमित बैठकबाट रोट्रक्याट अश्मी न्यौपानेले शपथ ग्रहण गर्दै क्लबको सातौं अध्यक्षको पदभार सम्हालेनु भएको हो । तत्कालीन अध्यक्ष रोट्र. ई.अनिष काफ्लेले आफ्नो कार्यकाल पूरा गरी नयाँ अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा नयाँ कार्यसमिति पनि घोषणा गरी पदस्थापन गरिएको थियो । त्यसैगरी, क्लब स्थापनाकालदेखि नेतृत्व प्रदान गर्दै आएका सम्पूर्ण पूर्वअध्यक्षहरूलाई सोही अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय रोटरी सहायक गभर्नर रिजन ६, जोन ३४ रोटरियन धन बहादुर श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा रोटरियन, रोटर्याक्टर, इन्टर्याक्टर, सामाजिक अभियन्ता तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सातौं पदस्थापन कार्यक्रममा बेष्ट रोट्र. अवार्डबाट रोट्र. दिलिप तण्डुकार, इमरजिङ्ग रोट्र. अवार्ड रोट्रक्याट निक्की सुवेदी, वेष्ट कार्यक्रम कोर्डिनेटरबाट रोट्र. अच्युत सारन कोइराला, वेष्ट एटेन्डे अवार्डबाट रोट्र. अश्मी न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रोट्रक्याट क्लब अफ भरतपुर हाईटका पूर्व अध्यक्ष रोट्र. अनिष काफ्लेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । भने नवनिर्वाचित अध्यक्ष रोट्र. अश्मी न्यौपानेले आफनो कार्यकालमा अगाडिका अधुरा कामलाई पूरा गर्दै थप नयाँ योजनाको साथ अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रम अन्तर्गत रोट्रक्याट क्लव अफ भरतपुर हाइट र एभिन्यु एजुकेशन कल्सल्टेन्सीबीच एजुकेशनल पार्टनरको रुपमा सम्झौता समेत गरिएको थियो ।





