• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

तेस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • चितवन/एटुजेड समाचार डटकमद्वारा आयोजित तेस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) भरतपुर ७ स्थित होटल पौवामा “हरितालिका तीज : पर्व कि प्रदर्शन”? बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    उक्त आर्टिकल लेखन प्रतियोगितामा सञ्चारकर्मी कल्पना आचार्य प्रथम भएकी छन् । प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

    यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन्।

    यस्तै पत्रकार दिप्ती विश्वकर्मा तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने सिन्धु ढकाल सान्त्वना भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

    प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।

    आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दुर्गाकुमारी रेग्मी, यात्री छिदाल, सूचना गुरुङ, सुधा देवकोटा, कमला गुरुङ, कल्पना आचार्य, आशा खरेल श्रेष्ठ, सुजिता हमाल, दीप्ति विश्वकर्मा, सुनिता सुवेदी, शिला पाठक, सिन्धु ढकाल, सविता श्रेष्ठ, सुरक्षा बराल, संगीता पन्त, बन्दना देबकोटा, करुणा देवकोटा, शारदा पौडेल, ईश्वरी सिं, विष्णु गौतम, पुनम थापा मगर, बसुन्धरा गौतम, खेमकुमारी श्रेष्ठ, सविता अधिकारी र बिरन्जना घिमिरे रहेका थिए ।

    सो कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्वविद्यालय, विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. एकनारायण पौडेल, कालिका संस्कृती विद्यापिठ गैंडाकोटका प्राचार्य केशव चालिसे र नेपाली लेखक संघका अध्यक्ष शान्ती शर्मा रहेका थिए ।

    एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसंग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए ।

    उनले आर्टिकल लेखन प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै आर्टिकल लेखन प्रतियोगितालाई अगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने बताए ।

    कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ सल्लाहकार एवम् विशेषज्ञ फिजिसियन डाक्टर भोजराज अधिकारी रहेका थिए । उनले पत्रकार देशको चौथो अङ्ग भएकाले समाजमा नयाँ ढङ्गले लेखन कार्यलाई अगाडी बढाउन यस्तो खालको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    कार्यक्रममा विशिष्ट अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, निप्पोन एजुकेशन सेन्टरका अध्यक्ष दीपक चन्द्र भट्टराई, अतिथी पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारी, दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे, कनेक्ट एजुकेसनका प्रमुख मेघराज कडेल, प्रेस चौतारी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज प्रतीमा सिलवाल, प्रेस सेन्टरका केन्द्रिय सदस्य अजिता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, डब्लुड्ब्लु जे चितवनका अध्यक्ष सरिता पौडेल लगाएत विभिन्न मिडियामा आबद् पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

    यस्तै निर्णायक संयोजक बालकृष्ण थपलिया र बरिस्ठ पत्रकार प्रकाश ज्ञवालीलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रममा स्वागत मन्त्वय कार्यक्रम संयोजक एवम् एटुजेड समाचारको डेक्स इन्जार्ज अस्मिता पराजुलीले गरेकी थिईन् भने कार्यक्रम सन्चालन पत्रकार बाल गोबिन्द न्यौपानेले गरेका थिए ।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.