• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खैरहनी र राप्ती इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • खैरहनी, १७ असोज/चितवन उद्योग संघ खैरहनी इकाई समितिको प्रथम साधारण–सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण–सभामा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष एवं सरकारी एवं गैह सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो भने संघका पूर्व अध्यक्ष भीमबहादुर पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष एवं संगठन बिस्तार विभागका संयोजक गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चका अध्यक्ष सुधा सुवेदी पौडेल, कार्यसमिति सदस्य एवं युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरे अतिथि रहनुभएको थियो । साधारणसभामा प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, स्टोर किपर उमेश श्रेष्ठ लगायत खैरहनी क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।
    खैरहनी इकाई समितिका उपाध्यक्ष युवराज पाठकले स्वागत मन्तव्य राख्नुभएको साधारण–सभामा खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले प्रस्तुत गर्नुभएको बार्षिक कार्यप्रगति र भावी योजना समावेश भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष शिवप्रसाद चिमरियाले प्रस्तुत गर्नुभएको आ.व.०७६/०७७ को आर्थिक प्रतिवेदन माथि छलफल गरी सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका थिए ।
    चितवन उद्योग संघ खैरहनी इकाई समितिका सदस्य प्रकाश बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले चितवन उद्योग संघ र चितवन औद्योगिक विकास साकोसका गतिविधि र सञ्चालन प्रक्रियाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    राप्ती इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न
    राप्ती, १७ असोज/चितवन उद्योग संघ राप्ती इकाई समितिको प्रथम साधारण–सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राप्ती इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न साधारण–सभामा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल प्रमुख अतिथि रहनुभएको थियो ।
    साधारणसभामा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष एवं सरकारी एवं गैह सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेल, निर्वतमान अध्यक्ष भेषराज दुवाडी विशिष्ट अतिथि रहनुभएको थियो भने, चितवन उद्योग संघका उपाध्यक्ष एवं संगठन बिस्तार विभागका संयोजक गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, नेकपा राप्तीका इन्चार्ज मानबहादुर स्याङबो, नेपाली काँग्रेस राप्तीका सभापति नारायणप्रसाद उप्रेती, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण भुषण ओली, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चका अध्यक्ष सुधा सुवेदी पौडेल, कार्यसमिति सदस्य एवं युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरे, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, स्टोर किपर उमेश श्रेष्ठ लगायत राप्ती क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।
    साधारण–सभामा इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेतीले प्रस्तुत गर्नुभएको बार्षिक कार्यप्रगति र भावी योजना समावेश भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुदिप ओस्तीले प्रस्तुत गर्नुभएको आ.व.०७६/०७७ को आर्थिक प्रतिवेदन माथि छलफल गरी सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका थिए ।
    बार्षिक साधारणसभाको अवसरमा चितवन उद्योग संघ, राप्ती इकाई समितिमा आवद्ध रही सञ्चालनमा रहेका सदस्य उद्योगहरु मध्येबाट इकाई समितिका गतिविधिहरुमा सहभागिता र निर्वाह गरेको भूमिकाको आधारमा समितिले गरेको मूल्याङ्कनमा सक्रिय महिला उद्यमीतर्फ कृष्णमाया मानन्धर र सक्रिय युवा उद्यमीतर्फ बुद्धिराम चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान समेत गरिएको थियो ।
    त्यसैगरी साधारण–सभाले बुद्धिराम चौधरीको संयोजकत्वमा युवा उद्यमी मञ्च र कृष्णमाया मानन्धरको संयोजकत्वमा महिला उद्यमी मञ्च राप्ती समेत गठन गरेको छ ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले चितवन उद्योग संघ र चितवन औद्योगिक विकास साकोसका गतिविधि र सञ्चालन प्रक्रियाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.