• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका लागि प्रतिपक्षको ‘छैन उम्मेदवार’

  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिका लागि प्रतिपक्षी दलहरूले तयारी नै नभएको जनाएका छन्। नेपाली कांग्रेस र एमालेले कांग्रेस नेत्री ईश्वरी न्यौपानेलाई सभापति बनाउन प्रस्ताव गरेका छन्।  न्यौपानेले मंगलबार  नै समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेकी छन्। उनको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा छन्।

    Advertisement

    यसअघि न्यौपानेले संसदीय सुनुवाइ विशेष समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो।

    प्रतिपक्षी दलहरूले भने समिति सभापतिका लागि उम्मेदवार चयन गरेका छैनन्। सुशासन समितिका सभापतिका विषयका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच कुनै छलफल नभएको ती दलका नेताहरूले बताए।

    माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले समिति सभापति पहिला नै कांग्रेसका परेकाले यस विषयमा अहिले प्रतिपक्षी दलबीच छलफल नभएको बताए। उनका अनुसार समितिमा कसलाई पठाउने भन्नेबारेमा केही तयारी नगरिएकाले उम्मेदवारी पनि दिइने छैन।

    कांग्रेस र माओवादीको गठबन्धन भई पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला संसदीय समितिमा दलीय भागबन्डा गरिएको थियो। सोही आधारमा सुशासन समिति कांग्रेसको भागमा परेको थियो। पाण्डेले भने, ‘प्रतिपक्षी सांसदको संख्या पनि पुग्दैन। पहिला कांग्रेस, माओवादी र एमाले मिलेर भागबन्डा गरिएको हो।’

    रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि प्रतिपक्षी दलबीच समिति सभापतिमा कसलाई पठाउने भन्नेबारेमा छलफल नभएको बताए। यसैगरी राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले समिति सभापतिका लागि पार्टीका तर्फबाट कुनै तयारी नभएको जानकारी दिए।

    समितिका निवर्तमान सभापति खतिवडा निजामती विधेयकमा विश्राम अवधि (कुलिङ पिरियड) मा भएको छेडखानीपछि विवादित बनेका थिए। त्यसपछि गठित संसदीय समितिले विधेयकमा छेडखानी हुनुमा उनको पनि जिम्मेवारी रहेको ठहर गरेको थियो। सोही आधारमा कांग्रेस सांसद खतिवडाले सभापतिबाट राजीनामा दिएका थिए।

    सभामुख देवराज घिमिरेले समितिको सभापतिको निर्वाचन बुधबारका लागि तोकेका छन्। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार अपराह्न ४ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर प्रस्ताव दर्ताको समय तोकिएको छ।

    दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार गते मंगलबार नै सूची प्रकाशन गर्ने कार्यतालिका छ। समितिको बैठकमा प्रस्तावकले बुधबार प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको सभामुखको सचिवालयले जनाएको छ। उम्मेदवारी दर्ता गर्ने समय मंगलबार ४ बजेसम्म छ। त्यस अवधिमा कुनै सांसदले उम्मेदवारी नदिएमा न्यौपाने निर्विरोध निर्वाचित हुनेछिन्।

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.