• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

त्रिदिवसीय अङ्कुरम् नमुना राष्ट्रसंघ कार्यक्रम सुरु छवटा कमिटीले छ विषयमा बहस गर्दै, संकल्प प्रस्ताव पास गरिने


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • चितवन/भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा दोस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ शनिबारदेखि सुरु भएको छ । काठमाडौँ, नवलपुर र चितवनलगायतका १८ विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटै कमिटीको प्रतिनिधित्व रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–६ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले विल्कुलै नयाँ किसिमको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘यस्ता रचनात्मक क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्छ,’ विद्यार्थीहरू विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम हुन्छन् ।’
    संयुक्त राष्ट्रसंघका छवटै कमिटीको प्रतिनिधित्व गर्दै सुरु भएको कार्यक्रममा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति बूढानिलकण्ठ स्कुल काठमाडौँकी छात्रा अविश्या कार्की र उपसभापति अङ्कुरम् एकेडेमीकी स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गर्नेछ ।

    Advertisement

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति अङ्कुरम् एकेडेमीकी प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अनुसन्धान गर्नेछ भने अङ्कुरम् एकेडेमीकै दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस हुने कार्यक्रम छ । युएनको अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति क्रमशः शुभांशराज केसी र विशाल सापकोटा रहेका छन् । उनीहरुको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा बहस गर्नेछ ।

    विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका अङ्कुरम् एकेडेमीका सिर्जना लम्साल र रुपेश घिमिरे क्रमशः सभापति र उपसभापति रहेका छन् भने उनीहरूको कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्पपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरी, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनको सभापतिको भूमिका अङ्कुरम् एकेडेमीका आकर्षा सापकोटा र उपसभापतिको भूमिका सौर्य पौडेलले निर्वाह गरिरहेको कमिटीमा ‘विज्ञान शिक्षा र साँस्कृतिक संरक्षणमार्फत जलवायु परिवर्तनको सामना’ विषयमा बहस हुँदैछ । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रेस संयोजकको भूमिकामा रहेका कक्षा १० का विद्यार्थी अनिश बरालको नेतृत्वमा १० जनाको कमिटी रहेको छ । उक्त कमिटीले छवटै कमिटीमा बहस गरिएका विषयबाट आएको संकल्प प्रस्तावमाथि प्रश्न गर्ने कार्यक्रम छ महासचिव अर्जुन जी शर्माले जानकारी दिए ।

    उद्घाटन कार्यक्रममा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रमका महासचिव अर्जुन जी शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय र कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेल, विद्यालयका आवासीय निर्देशक नईम चौधरी र निर्देशक सरला पौडेललगायतको उपस्थिति रहेको थियो ।

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.