• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एमालेको विधान अधिवेशन सम्बन्धमा चितवनका पालिकाहरुमा धमाधम बैठक

  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • चितवन/भाद्र २०–२२ गते ललितपुरको गोदावरी हलमा नेकपा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा चितवनका पालिकाहरुमा धमाधम बैठक बसिरहेको छ । भदौ २ गते जिल्ला कमिटी चितवनको बैठक सम्पन्न भएको थियो । त्यसपछि धमाधम पालिका कमिटीहरुको बैठक बसेको हो । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यका अनुसार चितवनका सात वटा पालिका मध्ये ६ वटा पालिकामा बैठक सम्पन्न भइसकेको छ । भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा पालिका कमिटी बैठक सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको बैठक बस्न बाँकी छ ।

    Advertisement

    बैठकमा आएका सुझावहरुलाई लिखित रुपमा जिल्ला पार्टीलाई पठाउने र जिल्लामार्फत केन्द्रमा पठाइने एमालेले जनाएको छ ।

    आज नेकपा एमाले जिल्ला कमिटी चितवनको सभाहलमा भरतपुर महानगर कमिटीले बैठक सम्पन्न गरेको छ । विधान संशोधनका सम्बन्धमा यस अघि सम्पन्न जिल्ला कमिटी बैठकमा उठेका विषयहरु नै महानगर कमिटीको बैठकमा पनि उठेको एमाले चितवनका प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने प्रष्ट व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारमा मुछिएर विवादमा आएका नेता कार्यकर्ताको सदस्यता खारेज गर्ने व्यवस्था गर्नुपर्ने, जिल्ला जिल्लामा सम्पर्क मञ्च गठन गर्ने र त्यसको मान्यता दिनुपर्ने व्यवस्था गर्ने, क्षेत्र र प्रदेश समन्वय कमिटीलाई कार्यकारी अधिकार दिने व्यवस्था गर्नुपर्ने, समाजवादी मोडलमा जाने स्पष्ट योजना बनाउने, विधानमा संसोधन गरी १ पार्टी सदस्य र अर्काे पार्टी संगठित सदस्य बन्न पाउने व्यवस्था गर्नुपर्ने, युवा र विद्यार्थीमा उमेरको हद राखिसकेपछि पार्टीमा पनि उमेर हद राख्दा राम्रो हुने लगायतका सुझाव महानगर कमिटीका नेताहरुले बैठकमा दिएका छन् ।

    ‘अन्य पालिका कमिटीका नेताहरुले पनि यस्तै खाले सुझावहरु बैठकमा दिएका छन्’ प्रचार विभाग प्रमुख आचार्यले भने । एमाले भरतपुरका अध्यक्ष शंकर थपलियाको अध्यक्षतामा आज सम्पन्न भरतपुर महानगर कमिटीको बैठकमा एमाले केन्द्रीय सदस्यहरु जेएन थपलिया, केन्द्रीय सल्लाहकार सदस्य वाबुराम खराल, भूमि विभागका सचिव विजय सुवेदी, एमाले प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज राम प्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य अस्मिन घिमिरे, पार्टी जिल्ला सचिव प्रकाश ढुंगाना उप सचिव मिन बहादुर परियार, जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख प्रकाश आचार्य, सचिवालय सदस्य एवम् विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी लगायको उपस्थिति रहेको थियो । बैठकलाई पार्टी महानगर कमिटी सचिव अशोक ज्ञवालीले सञ्चालन गरेका थिए ।

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.