देवघाट/श्री लोक कल्याण सेवा प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँ, शाखा कार्यालय चितवन अन्तर्गत श्री राम जानकी बालिका आश्रम, भरतपुर–१, देवघाटधामले आफ्नो १५औं नियमित वार्षिक साधारण सभा एवं आय–व्यय सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा चितवन जिल्ला संयोजक गुणराज दाहालले स्वागत मन्तव्य दिनुभयो। यसैगरी, कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नम्बर १ की वडा अध्यक्ष राम माया पिया रहनुभएको थियो पनि कार्यक्रमको अध्यक्षता माता सावित्री टण्डनले गर्नुभएको थियो । कार्यक्रममा महासचिव रामेश्वर खनालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन तुलसा लोककल्याणीले प्रस्तुत गर्नुभयो। कार्यक्रमको सञ्चालन निलम लोक कल्याणीले गर्नुभएको थियो।
Advertisement




