• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी 

  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • –सुरेन कुँवर

    Advertisement

    चितवन, भदौ ५ । जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन । नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तर, अहिले राहत र उद्धारमा जानु परेको छैन ।

    यसरी यहाँका स्थानीहरू बर्सातको समयमा पनि चैनसँग सुत्न पाएको भने धेरै भएको छैन । ४ वर्षअघि शिलान्यास गरी सुरु भएको आयोजना तटीय क्षेत्रको मुख्य प्रभावित क्षेत्रमा तटबन्ध कार्य सम्पन्न भएपछि अवस्था फेरिएको हो ।

    भरतपुरको ९ वटा वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्दछ । नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको कार्य सम्पन्न भइसकेको नारायणी नदी नियन्त्रण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो । अहिले नदीले कटान गरिरहेको स्थानहरूमा मर्मतको काम भने भइरहेको उहाँको भनाइ छ ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले तटीय क्षेत्रमा बस्ने नागरिकका लागि मेगा प्रोजेक्ट तटबन्धले १ लाख बढी लाभान्वित भएको बताउनुभयो । महानगरमा निर्वाचित भएर आएपछि हजारौं आयोजना निर्माण भएका छन्, तर, एक नम्बर प्रोजेक्ट नारायणी तटबन्ध नै हो–महानगर प्रमुख दाहालले भन्नुभयो । सुरक्षित भरतपुर निमार्णको जग नारायणी तटबन्ध हो, उहाँले भन्नुभयो,’ ‘सबैभन्दा प्रभावकारी आयोजना तटबन्ध भएको छ। नदी उकास भएको छ, पर्यटकीय करिडोर निर्माण भएको छ । १०० वर्षको लागि ढुक्क हुने वातावरण तटबन्धले गरेको छ ।’

    भरतपुर महानगरले वर्षा सुरु हुन साथ विपत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तटबन्ध निर्माणले जन धनको सुरक्षाको ग्यारेण्टी गरिदिएको छ । भरतपुर महानगरपालिका प्रमुख दाहालले निर्वाचनको समयमा गरेको बाँचा पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

    भरतपुर दुई ठुला नदी र राष्ट्रिय निकुञ्जले घेरिएकोले यहाँका जनताका लागि बरदान र अभिशाप दुवै भएपनि यसको सही सदुपयोग गर्न महानगरले तटबन्ध निर्माण गरेको उहाँको भनाई छ । भरतपुर यही नदी र निकुञ्जका कारण पर्या–पर्यटनको देशकै प्रमुख पर्यटकीय केन्द्र रहेको प्रमुख दाहालले बताउनुभयो ।

    नारायणी तटबन्धको ५ वटा प्याकेज रामघाट–काभ्रेघाट ५ किमी, गाँजीपुर–हिरापुर ५ किमी, सिसई–बेलुवा ५ दशमलव ७ किमी, बेलुवा–मेघौली गोलाघाट ३ दशमलव ५, नारायणी पुलदेखि उत्तरतर्फ ७०० मिटर, सेतीदेवि सामुदायिक वनमा ४०० मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ ।

    पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी रहेको छ । तटबन्धकाे कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेकाे छ । महानगरपालिकाले नारायणी तटबन्धको कार्य सम्पन्न गरेसँगै अब राप्ती नदीको तटबन्धमा कदम चाल्ने बताएको छ ।

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.