रत्ननगर/लायन्स क्लव अफ रत्ननगर लेडिजको पाँचौ स्थापना दिवस तथा पदस्थापन समारोहको अवसरमा महिला उद्यमी बुद्धिमाया घले सम्मानित हुनु भएको छ ।
लायन्स क्लव अफ रत्ननगर लेडिजकी वर्ष २०२५/०२६ की अध्यक्ष लायन सञ्जु रिजालको अध्यक्षतामा सम्पन्न पाँचौ स्थापना दिवस तथा पदस्थापन समारोहमा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाले घलेलाई सम्मान गर्नुभएको थियो ।
घलेलाई अभावको बाल्यकाल, नाबालिक अवस्थामा विवाह, घरेलु हिंसाको प्रभाव, परिवारको संरक्षणका लागि घरमुलीकै रुपमा जिम्मेवारी सम्हाल्दै लेवरदेखि सफल व्यवसायीहरुको यात्रा तय गर्नुहुँदै, जनचेतनाको लागि नाटक मञ्चन, महिलाहरुको उद्धार र महिला सशक्तिकरणका लागि आर्थिक उपाजन गर्न ८०० भन्दा बढी एकल, दलित, आदिवासी तथा सिमान्तकृत महिला दिदीबहिनीहरुलाई स्वरोजगार उन्मुख बनाउन प्रशिक्षण तथा निजहरुले तयार गरेको सामाग्रीहरु खरिद गरी निर्यात प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।






