भरतपुर/सौन्दर्यकर्मी संगठन नेपालको आयोजनामा नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा सम्मान एवम् शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्यकर्मी संगठन नेपालकी भरतपुर नगर कमिटी अध्यक्ष लक्ष्मी पौडेल अम्गाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उप महासचिव वालकुमारी रानाभाट प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि रानाभाटले सौन्दर्य पेशालाई उद्यमशिलतासँगै रोगजारी सिर्जना गर्ने पेशा व्यवसायको रुपमा हेरिदै आएकोले नेपाल लगायत छिमेकी मुलुकहरुमा यसको सम्भावना निकै राम्रो भएको बताउनुभयो । उहाँले सानो पुँजीमा लगानी गरी देशमै रोगजारीको अवसर प्रदान गर्न सकिने भएकोले सौन्दर्य पेशा, व्यवसायलाई व्यवसायिक रुपमा सञ्चालन गरी अगाडि बढाउनु पर्ने बताउनुभयो । मिरा माया महतोले सञ्चालन गर्नुभएको कार्यक्रममा सुष्मा तामाङ्गलाई सौन्दर्य पेशामा अतुलनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । कार्यक्रमलाई डेकर कम्पनी र ब्राहा हर्बल कम्पनीले सहयोग गरेका थिए ।




