• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

जेष्ठ नागरिक क्षेत्रमा स्व. भरत मोहन अधिकारीको योगदानको स्मरणमा वेमिनार


  •   बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
  • काठमाडौं, १५ आश्विन- ३० औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा स्व. भरत मोहन आधिकारी स्‍मृति फाउण्डेसनले नेपालको जेष्ठ नागरिक क्षेत्रमा भरत मोहन अधिकारीको योगदान बिषयक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । विहिबार वेमिनार मार्फत गरिएको उक्त कार्यक्रम माझ विभिन्न व्यक्तित्वहरुले वक्ताको रुपमा बोल्ने क्रममा स्वर्गिय नेपालको जेष्ठ नागरिक क्षेत्रमा भरत मोहन अधिकारीको योगदान बारे चर्चा परिचर्चा गर्दै जेष्ठ नागरिकको हितका निम्ती अधिकारीले अतुलनिय योगदान पुर्याएको बताए ।

    Advertisement

    नेपाल सरकारका पुर्व सचिव एवम् राष्ट्रिय सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बाँस्कोटाले अधिकारीले आफु ६८ सालमा अर्थ सचिव हुँदा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले बजेटमा जेष्ठ नागरिकको गाँस बास कपासको व्यवस्था बारे उल्लेख गर्ने कार्यको थालनी गरेको स्मरण गर्दै अधिकारीमा आफ्नो क्षेत्रमा अपडेट हुने बानी रहेको खुलासा गरे ।

    वेमिनार माझ सभापतिको आसनबाट बोल्ने क्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले सहभागिताका लागि सबैलाई धन्यवाद व्यक्त गर्दै स्व. अधिकारीलाई आफुले सदैव जेष्ठ नागरिक प्रति चिन्तनशिल रहने गरेको पाएको उल्लेख गर्दै स्व. अधिकारीले गरेका आर्थिक विकास र सामाजिक उन्नयनका कार्यहरुले देश र पार्टीलाई समुन्नती तर्फ उन्मुख गराएको बताईन् ।

    अर्थविद् गोविन्द बहादुर थापाले स्वागत मन्तब्य राख्दै स्वर्गिय अधिकारीको कार्यशैली, सोच, दृष्‍टिकोण बारे आफु नजिकबाट जानकार भएको उल्लेख गर्दै ब्रिद्ध भत्ता कार्यक्रम जेष्ठ नागरिकले सकृय जीवन बिताएर योगदान पुर्याए बापत सम्मान स्वरुप आएको बताए । शुरुको प्रस्ताव सत्तरी बर्ष राख्ने सोच भए पनि बजेट अपुग हुने देखेर ७५ बर्ष पुगेकालाई दिन शुरु भएको उनले जनाए । भरत मोहन अधिकारीले राजश्व संकलनमा अधिकारीहरुलाई लक्ष्य दिने गरेको स्मरण समेत गरे । साथै उनले सम्भ्रान्तहरुको मात्र चासो रहने गरेको बजेटलाई देशका विपन्न, दलित, सिमान्तकृतलाई माथि उठाउने गरि दुरदराजसम्म बजेट चासो बढाउने काम गरेको पनि बताए ।

    समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदम खतिवडाले स्व. अधिकारीले सामाजिक उत्थान र जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य कार्य गरेको स्मरण गर्दै जेष्ठ नागरिकलाई अपुर्व सम्मान गर्ने कार्यको थालनी गर्दै विश्वलाई झक्झाउने श्रेय अधिकारीमा जाने बताए । खतिवडाले १५-२० बर्ष पछि जेष्ठ नागरिकको संख्या बढ्ने प्रक्षेपण गर्दै स्वर्गिय अधिकारीले विगतमा जेष्ठ नागरिकको हितलाई केन्द्रमा राख्ने गरेको भिजन जस्तै योजना लिएर अघि बढनु पर्ने खाँचो औल्याए ।

    त्यसैगरि बिष्णु माया पुस्तकालयका अध्यक्ष केशब प्रसाद गौतमले स्वर्गिय अधिकारीले जेष्ठ नागरिकका अलवा राजनितिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जागरण फैलाउने काम गरेको स्मरण गराए ।

    राष्ट्रिय जेष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधानले स्वर्गिय अधिकारीले जेष्ठ नागरिकको क्षेत्र मात्र नभई जेष्ठ नागरिकको क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाई सम्मान र उर्जा प्रदान गर्ने गरेको उल्लेख गरे ।

    सो अवसरमा सुकुना बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक मेदिनी प्रसाद बराल, एजिङ् नेपालका निर्देशक प्रकाश गौतम, जेष्ठ नागरिक सेवा समाजका अध्यक्ष मोहन बहादुर के. सी ले वक्ताका रुपमा बोल्दै स्व. अधिकारी जेष्ठ नागरिकहरुको हित र कल्याणका लागि समर्पित नेता रहेको आशय व्यक्त गरे भने उनको उनले थालनी गरेका सामाजिक सुधारका कार्यको सिको गर्नुपर्ने खाँचो औल्याए ।

    कार्यक्रम माझ सहजकर्ताको भूमिका निर्वाह गर्ने क्रममा फाउण्डेसनकी सदस्य लिमा अधिकारीले स्व. अधिकारीले जेष्ठ नागरिक प्रति राज्यको दायित्वसँगसँगै पारिवारिक दायित्व समेतलाई बोध गराउन र उनीहरुको अधिकारलाई मुखरित गर्न अहम भूमिका खेलेको उल्लेख गरिन् । कार्यक्रम माझ नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतका मान्यजनको सहभागिता रहेको थियो ।

    बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.