भरतपुर/टोल सुधार समिति स्याउलीबजार र स्याउलीबजार आमा समूहको संयुक्त आयोजनामा नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
स्याउलीबजार आमा समूहकी अध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडा सदस्य सुर्यवन्दना हमाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि हमालले तीज पर्व पछिल्लो समय भड्किलो हुँदै गएको र यसलाई भड्किलो नभई नारीहरुले पर्वको रुपमा विकास गर्दै लैजानु पर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक धनिकला काफ्ले, अतिथिहरुमा टोल सुधार समिति स्याउलीबजारका अध्यक्ष रामबाबु श्रेष्ठ, पूर्व अध्यक्षहरु हरिकृष्ण शर्मा, भुवन आचार्य, तुलसी ज्ञवाली, निवर्तमान अध्यक्ष मधुसुदन ढकाल, सल्लाहकारहरु राकेशमान श्रेष्ठ, घनश्याम पौडेल, उपाध्यक्ष बद्री प्रसाद पौडेल, सचिव रामकृष्ण श्रेष्ठ, स्याउलीबजार आमा समुहकी निर्वतमान अध्यक्ष भगवती पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई स्याउलीबजार आमा समूहकी सचिब देवी पौडेलले संचालन गर्नुभएको थियो ।





