भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन भएको “तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८२” अन्तर्गत “मानसिक स्वास्थ्य हाम्रो सरोकार, जागरुक उद्यमी समृद्ध परिवार” विषयक तीज गीत प्रतियोगितामा अरोमा ईङ्लिस स्कुलले प्रथम स्थान, भानु आदर्श महिला समूह, कावासोतीले द्धितीय स्थान, शहनसिला बुहारी समूह, भरतपुर–२२, चितवनले तृतीय स्थान र गैंडाकोट नगरपालिका गैडाकोटले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रतियोगितामा प्रथम हुने समूहलाई रु२०,०००।–, द्धितीय हुने समूहलाई १५,०००।– र तृतीय हुने समूहलाई १०,०००।– र सान्त्वनालाई रु ५,०००।– नगद पुरस्कार प्रदान गरिएको थियो । आठ समूहहरुको सहभागिता रहेको प्रतियोगिताको मुख्य निर्णायकमा अमर बिरही गुरुङ, निर्णायकहरुमा चन्द्रा गुरुङ र डा.गिरीराज भन्तना रहनुभएको थियो ।
“मानसिक स्वास्थ्य हाम्रो सरोकार, जागरुक उद्यमी समृद्ध परिवार” विषयक तीज गीत प्रतियोगितामा अरोमा ईङ्लिस स्कुल प्रथम
“मानसिक स्वास्थ्य हाम्रो सरोकार, जागरुक उद्यमी समृद्ध परिवार” विषयक तीज गीत प्रतियोगितामा अरोमा ईङ्लिस स्कुल प्रथम
Advertisement
तपाईको प्रतिक्रिया




