भरतपुर/“स्टे फिट, स्टे हेल्दी” भन्ने मूल उद्देश्यका साथ भरतपुर महानगरपालिका वडा नं. ८, लालीगुराँसचोकमा त्रिशा “द जुम्बा स्टुडियो” ले आफ्नो सेवाको शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सौन्दर्यकर्मी कल्पना गुरुङले एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभएको थियो । गुरुङले त्रिशाले जिम र स्वास्थ्यलाई एकै थलोबाट सेवा प्रदान गरेकोमा यसले व्यस्त जीवनशैलीलाई सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्यकर आहार विहार, शारीरिक तन्दुस्तताको लागि नियमित व्यायामका साथै व्यस्त जीवनशैलीलाई सहजता बनाउने हेतुका साथ सञ्चालन गरिएको त्रिशा “द जुम्बा स्टुडियो”ले लामो समयदेखि जिम र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका अनुभवी प्रशिक्षकहरुबाट बिहान र बेलुकाको समयमा सेवा प्रदान गर्नेछन् ।
स्टुडियोबाट प्राप्त सेवाहरु र स्वास्थ्य जीवनयापनका लागि आवश्यक स्वास्थ्य टिप्स सँगै एकै थलोबाट संगीतका माध्यमबाट मिनी जिमको व्यवस्था सहित जुम्बा क्लास, हेल्थ टिप्स, थेउरी क्लासको सेवा सहित नियमित योजना, विद्यार्थी लक्षित योजना र विभिन्न व्यक्तिहरुको व्यस्त समयलाई मध्यनजर गर्दै विदाको समय समेत प्रयोग गर्न मिल्ने अवसर योजना सहितका विभिन्न प्याकेजहरुको सेवा सञ्चालन गरिएको सञ्चालिका सरिता सुवेदीले जानकारी दिनुभयो । बिहान ४ः३० बजेबाट सेवा शुरु हुने स्टुडियो मार्फत नृत्य कक्षाहरुको समेत सञ्चालन हुनेछ ।





