नारायणगढ/नारायणी कला मन्दिरले रोपाई जात्रा निकाल्ने भएको छ। कला र संस्कृति लाई संरक्षण गर्दै आएको कला मन्दिरको आयोजनामा नारायणगढ बजार क्षेत्रमा कृष्णाजन्मअष्टमीको अवसर पारेर रोपाई जात्रा निकाल्ने भएको हो। कलामन्दिरले पत्रकार सम्मेलन गरि जात्राको वारेमा जानकारी दिएको हो।
मुक्तिलाल माधुरीदेवी चुके ट्रष्टको मुख्य प्रायोजन रहने उक्त जात्राको चितवन उद्योग वाणिज्य संघ भरतपुर महानगर वडाने १ र २ प्रवर्द्धक रहेका छन्। मैयादेवी ट्रष्ट, रायोनो क्लव, नेवा पुच, न्यू भीम कापी उद्योग र एम डब्लु ग्रुप सह प्रायोजक रहेको जात्रामा विभिन्न २९ बटा संघ संस्थाहरु ले प्रतिनिधित्व गर्ने भएका छन्। कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले जात्राको वारेमा प्रेस विज्ञाप्ति मार्फत जानकारी दिएकी थिइन । उपाध्यक्ष अनुकुल श्रेष्ठ को स्वागत रहेको कार्यक्रममा मैयादेवी ट्रष्टका संरक्षक प्रेमकुमार श्रेष्ठले रोपाई जात्राको इतिहास वारे जानकारी गराएका थिए। श्रेष्ठका अनुसार नारायणगढमा
२०१५ साल देखि रोपाई जात्रा निकाल्न शुरु गरिएको थियो। शुरुका दिनमा घरघरबाट निकाल्न शुरु गरिएको जात्रा उद्योग वाणिज्य संघ नारायणगढ ले सञ्चालन गर्दै आएपछि २०५१ सालदेखि नारायणी कलामदिर ले निरन्तरता दिदै आएको छ। नेवार समूदायमा असारमा पर्ने गठे मंगल देखि जात्रा शुरू हुने र गाइजात्रा,रोपाई जात्रा ,वाघजात्रा गरिने गरेको कलामन्दिरका पूर्व अध्यक्ष सहनकुमार प्रधान बताउछन्। उनका अनुसार जात्रा र पर्व नेवार समुदायको संस्कृति संरक्षण संगै वर्खाको समयका लागि व्यवसायिक सोच पनि भएको अनुमान लगाउछन् । सचिव सनत पियाले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलन को कलामन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठको अध्याक्षता सम्पन्न भएको हो।
Advertisement




