नारायणगढ/जेसिज सप्ताह्-२०२२ अन्तर्गत आज पाचौ दिन नारायणगढ जेसीज र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा बैंकिङ तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ / नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठज्यु को अध्यक्षतामा सम्पन्न भयको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा उद्योग वाणिज्य संघ चितवन अध्यक्ष श्री चुननारायण श्रेष्ठ ज्यु हुनुहुन्थ्यो ,
उवासंघको सभाहलमा भएको कार्यक्रममा जेसिज सदस्यहरु लाई र व्यवसायीहरुलाई बैंकिङ नीति तथा कर सम्बन्धी जानकारी गराईएको थियो ।
कार्यक्रममा सुवर्ण बुढाथोकीले बैंकिङ नीति तथा विमान कार्कीले कर सम्बन्धी प्रशिक्षण दिनु भयको थियो । कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षद्धय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, नारायणगढ जेसीजका पूर्व अध्यक्ष सिनेटर सुदीप सिंह अधिकारी, जेसी अनोज जोशी, आईपिपी सिनेटर बासुदेव दवाडीसहित ७० जना सहभागी हुनुभएको थियो /
जेसिज सप्ताह्-२०२२ मुल सम्योजक जेसी रबिन्द्र श्रेष्ठ हुनुहुन्छ भने आजको कार्यक्रमको सम्योजक जेसी परीवर्तन रेग्मी रहनु भएको थियो, भोली साउन २९ गते छैटौ दिन भरतपुर ३ स्थित मानब सेवा आश्रम मा बृद बृद्धा हरु लाई खाना खुवा उने कार्यक्रम रहेको छ /




