चितवन/तरकारी तथा फलफूलको व्यापारमा संलग्न ‘मेरो किसान’ लिमिटेडले ४० करोड रुपैयाँको लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ। भरतपुर महानगरपालिका–२२, पटिहानीस्थित दुई विघा जमिनमा पूर्वाधार निर्माण कार्य सुरु भएको हो । प्रशोधन केन्द्रले सोमबार आफ्नो छैटौँ बार्षिकोत्सवको अवसर पारेर औपचारिक रुपमा उद्योगको सिलान्यास गरेको हो । यहाँबाट तोरी, टमाटर, बेसार, अदुवा, अलैँची, कोदो, फापर, मह, कफी लगायतका २५ भन्दा बढी कृषि उत्पादनहरुको प्रशोधन गरिने संस्थाका म्यानेजिक डाइरेक्टर अविनाश सिलवालले जानकारी दिनुभएको छ। कच्चा पदार्थ चितवनका किसानसँगै देशभरका स्थानीय उत्पादकहरुबाट संकलन गर्ने लक्ष्य उद्योगले राखेको छ । यहाँबाट उत्पादित वस्तुहरु देश तथा विदेशमा पनि निर्यात गरिने डाइरेक्टर सिलवालले जानकारी दिनुभएको छ । यस परियोजनाको निर्माण आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । अत्याधुनिक कोल्ड स्टोरबाट तरकारी तथा फलफुल काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरमा आपुर्ति गर्ने लक्ष्य रहेको डाइरेक्टर सिलवालको भनाई छ ।
४० करोड लगानीमा ‘मेरो किसान’द्धारा कृषि प्रशोधन उद्योग निर्माण सुरु
४० करोड लगानीमा ‘मेरो किसान’द्धारा कृषि प्रशोधन उद्योग निर्माण सुरु
तपाईको प्रतिक्रिया




