मुटु सम्वन्धी समस्या को समयमै पहिचान र ऊपचार सम्वन्धी निशुल्क परामर्श दिन रोटरी क्लब अफ चितवन द्वारा संचालित ‘रोटरीपुननारायण उजेलीदेवी कार्डियोकेयर सेन्टरले औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ !
Advertisement
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का पुर्व गभर्नर रविन्द्र पिया , असिस्टेन्ट गभर्नर धनबहादुर श्रेष्ठ, डिष्ट्रिक्ट ज्वाईन्ट सेक्रेटरी रेवन्त कुमार भट्टराई , क्लव का अध्यक्ष रामचन्द्र अधिकारी , कार्डियो सेन्टरका अध्यक्ष डा. मनोहर प्रधान लगायत रोटरियनहरुको ऊपस्थिती रहेको ऊक्त कार्यक्रम मा १९ जना बालबालिका हरुको मुटु परिक्षण गरिएको जानकारी क्लबका पब्लिक ईमेज चेयर रोटरियन पुरूषोत्तम रिजाल ले जानकारी दिनुभयो !





